ताजा अपडेट »

एकवर्ष मात्र आफ्नो कार्यकाल बाँकी रहेको प्रधानमन्त्रीको खुलासा, सरकारको गियर बढाएर काम गर्ने प्रतिबद्धता

विहीबार, ०५ पुस २०८०, १५ : ५१
22 Shares

काठमाडौं। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना नेताहरुसँग अब सरकारको गियर बढाउने बताएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकमा उनले अब सरकारको गियर बढाएर काम गर्ने बताएका हुन् । 

सरकारको एकवर्षे कार्यकालको समीक्षा गरिएको सरकार नेतृत्वकर्ता दल माओवादी पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकाल एकवर्ष बाँकी रहेको र यो अवधिमा सरकारको गियर बढाएर काम गर्ने बताए । दलीय सहमतिअनुसार आफ्नो कार्यकाल एकवर्ष मात्र बाँकी रहेको बैठकमा जानकारी गराउँदै उनले वितेको एकवर्षमा भएका काम पनि राम्रो रहेको दाबी गरे । 

गत वर्षको १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले आफ्नो कार्यकाल एकवर्ष बाँकी रहेको बताउँदै गठबन्धनबीच भएको सहमतिबारे जानकारी गराएका हुन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।