ताजा अपडेट »

हैदराबादले किन्यो ट्राभिस हेडलाई

मंगलबार, ०३ पुस २०८०, १४ : २८
40 Shares

 काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सनमा सनराइजर्स हैदराबादले अष्ट्रेलियाका आक्रामक ब्याटर ट्रविस हेडलाई किनेको छ । 

दुबईमा भैरहेको अक्सनमा हैदराबादले हेडलाई ६ करोड ८० लाख भारुमा किनेको हो । 

अष्ट्रेलियालाई विश्वकप जिताउन हेडले अघिल्लो महिना फाइनलमा घरेलु टोली भारतविरुद्ध सानदार शतक हानेका थिए । हेडले ओपनिङ र मध्यक्रम दुबैमा आक्रामक ब्याटिङ गर्नुको साथै स्पिन बलिङ गर्ने गर्दछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।