ताजा अपडेट »

दाई विदेशमा, वहिनी रमिताले गरिन बुवाको किरीया

शुक्रबार, २९ मंसिर २०८०, ०८ : ४०
28 Shares

दाङ । दाङको शान्तिनगर गाउँपालिका ४ जुम्लेकुलाकी रमिता परियार आफ्नो बुबाको किरीया बसेकी छन् । मंसिर १८ गते बुबाको मृत्यु भएपछि घरकी कान्छी छोरी रमिताले बुबाको किरीया गरेकी हुन् । उनका ५ दिदी र एक दाजु रहेका छन् । दिदीहरू सबैको विवाह भएको र दाजु विदेशमा हुँदा आफूले बुबाको किरीया गरेको उनको भनाइ छ ।

उनले भनिन्,‘ बुबाले पनि हामीलाई छोरा, छोरी दुबै बराबर हुन भन्नु हुन्थ्यो । त्यो भएर पनि मैले किरिया गरेको हुँ १ घरमा दादा नभएर के भयो त रु बाबाले छोरा छोरी एउटै हुन भन्नु हुन्थ्यो । मलाई सबै कुराहरू पनि थाहा छ । म पढेलेखेको मान्छे हो । त्यो भएर नै मैले आफ्ना बुबाको किरिया गरे ।’ उनका अनुसार घरको आर्थिक स्थितिका कारण दाजु विदेश गएको र बुबाको मृत्यु भएपछि समयमा आउन सकेन । जसले गर्दा पनि आफूले नै यो गर्नु पर्छ, भन्ने लागेको गरेको उनको भनाइ छ । उनका दाजु अहिले साउदी अरबमा रहेका छन् । बाबाको निधन भएपछि घरमा छोरा मान्छे नहुँदा बाहिरबाट दाजुहरू आए शव दाहसंस्कारको लागि लगेको भन्दै उनले अहिले गाउँ घरमा यस्तै अवस्था हुन लागेको समेत बताइन् ।

उनले भनिन्,‘ नेपालमा रोजगारी पाइदैन । बाध्यताले विदेशिनु पर्दछ । अहिलेको अवस्थामा घरमा कुनै ब्यक्तिको निधन भएपछि बाहिरबाट मान्छे खोजेर शव उठाउनु पर्ने अवस्था रहेको छ । जसले गर्दा छोरा मान्छेहरू नहुँदा सबै काम काज नहुने अवस्था भयो ? त्यसैले छोरा, छोरी बराबर हुने, भन्ने लागेको हुँदा मैले यो काम गरेकी हुँ !’

यस्तै उनले अहिले पनि समाजमा छोरा खोज्न गरेको भन्दै छोरा, छोरी बराबर भएको समेत बताइन् । उनले छोराले गर्ने काम पनि छोरीले गर्न सक्ने भन्दै छोरा छोरीमा भेदभाव गर्न नहुने समेत बताइन् । बुबाको किरिया गरेपछि गाउँ समाजबाट पनि राम्रो प्रतिक्रिया पाइरहेको उनको भनाइ छ । छोरी मान्छेले बुवा आमाको काजकिरिया गर्नु हुँदैन, कुरामा एउटा उद्धरणीय कार्य गरेको स्थानीयहरूको भनाइ छ । शुरुमा बुबाको काजकिरिया म गर्छु, भन्दा कसैले नमानेको भन्दै उनले आफूले नै गर्ने अडान लिएपछि बसेको समेत बताइन् । उनका बुवा बिजयराम दमाइको ब्रेन ट्युमरका कारण उपचारको क्रममा मृत्यु भएको थियो ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी