ताजा अपडेट »

एकैदिन तोलामा २८ सयले बढ्यो सुनको मूल्य

विहीबार, २८ मंसिर २०८०, १२ : ११
42 Shares

काठमाडौं । आज सुनको मूल्य तोलामा २८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले बढेर १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । 

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँमा कारोबार भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।