ताजा अपडेट »

लुम्बिनीमा ६७ प्रतिशत घरपरिवार कृषिमा, तर ५१ प्रतिशत कृषक आफैलाई खान पनि पुग्दैन्

विहीबार, २१ मंसिर २०८०, १७ : ३३
128 Shares

बुटवल । लुम्बिनी प्रदेशमा कृषि पेशामा कुल घरपरिवार मध्ये ६७ प्रतिशत आवद्ध रहेको पाइएको छ । जवकी नेपाल भर ६२ प्रतिशत घरपरिवार कृषि कार्यमा आवद्ध रहेका छन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले विहिबार बुटवलमा सार्वजनिक गरेको राष्ट्रिय कृषिगणना २०७८ को प्रदेशस्तरीय नतिजा अनुसार नेपालमा कुल घरपरिवार ४१ लाख ३० हजार ७८९ घरपरिवार मध्य २२ लाख १८ हजार ४१० घरपरिवार कृषक परिवार रहेको जनाएको हो । जुन कुल घर परिवारको ६२ प्रतिशत हो । कृषि गणना अनुसार लुम्बिनी प्रदेशमा ७ लाख ६५ हजार ९२ घरपरिवार मध्य ४ लाख २६ हजार ६१४ हेक्टर क्षेत्रफलमा कृषि गरेको तथ्याङ्क कार्यालयका उपप्रमुख डिल्लीराम जोशिले बताए ।

साथै रुपन्देही जिल्लामा १ लाख १७ हजार ३३३ कृषक परिवारले ६५ हजार ५५५ हेक्टर जग्गामा कृषिकार्य गरिरहेको तथ्याङ्क सार्वजनिक गरेको छ । जुन जिल्लाको कुल परिवारको ४९.२ प्रतिशत हो । यस्तै लुम्बिनी प्रदेशमा मुख्य कृषक पुरुष ६४.५ प्रतिशत रहेका छन् भने महिला ३५.५ प्रतिशत रहेका छन् । रुपन्देहीमा कृषिमा आवद्ध परिवार मध्ये ७१ प्रतिशत पुरुष र बाँकी २९ प्रतिशत महिला रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । हाल नेपालमा कुल सिंचित क्षेत्रफल ५४.५ प्रतिशत रहेकामा लुम्बिनी प्रदेशमा ५६.७ प्रतिशत र रुपन्देहीमा ८५.१ प्रतिशत क्षेत्रफल रहेको पाइएको छ ।

राष्ट्रिय कषि गणना २०७८ अनुसार १० वर्षको अवधिमा पशुपालन गर्ने कृषक परिवारको संख्या भने बढेको देखिएको छ । ३३ लाख ५३ हजार ८६७ पशुपालन गर्ने कृषको संख्या बढेर अहिले ३४ लाख ५ हजार १४ पगेको छ । लुम्बिनी प्रदेशमा ६६.३ प्रतिशत कृषक परिवारको आम्दानीको मुख्य स्रोत कषि कार्य रहेको पाइएको छ भने देशभर ७०.४ प्रतिशत कृषक परिवारको आम्दानीको स्रोत कृषि कार्य रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

तर, ५१ प्रतिशत कृषक आफैलाई वर्ष भरि खान नै पुग्दैन्
लुम्बिनी प्रदेशमा कृषि पेशामा आवद्ध रहेका घर परिवारहरु मध्ये ५१ प्रतिशत घरपरिवारलाई वर्षभरि खान पुग्दैन् । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार लुम्बिनी प्रदेशमा कृषि पेश गर्ने मध्य ४९ प्रतिशतलाई मात्रै वर्षभरि खान पुग्छ ।

कृषि गणना २०६८ मा कृषिमा आवद्ध भएका मध्य ४० प्रतिशतलाई मात्रै वर्ष भरि खान पुग्ने तथ्याङ्क सार्वजनिक भएको थियो । यस्तै रुपन्देृहीमा कृषि पेशामा आवद्ध भएका मध्य ६८.१ प्रतिशतलाई मात्रै वर्ष भरी खान पुग्छ भने बाँकी ३१.९ प्रतिशत कृषिक परिवारलाई आफैलाई वर्षभरी खान पुग्दैन् ।
कृषि उत्पादन हुने जग्गा घट्यो

कृषि उत्पादन हुने जग्गाको क्षेत्रफल पहिला भन्दा यस पटक घटेको पाइएको छ । राष्ट्रिय कृषि गणना २०६८ अनुसार लुम्बिनी प्रदेशमा १४ लाख ५६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा २०७८ मा भने घटेर १२ लाख १६.४ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ ।

यस्तै ६ लाख ७३ हजार ७०० हेक्टर क्षेत्रफलमा मकै, ७ लाख ४९ हजार ४ सय हेक्टर क्षेत्रफलमा गहुँ र ८४ हजार ४०० हेक्टर क्षेत्रफलमा तरकारी उत्पादन हुने जनाएको छ । जबकी कृषि गणना २०६८ का अनुसार ५ लाख ५९ हजार ९०० हेक्टरमा मकै, ७ लाख ४९ हजार ४०० हेक्टरमा गहुँ र १ लाख ७ हजार हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने राष्ट्रिय तथ्याङक कार्यालयले जनाएको छ ।

वि.स. २०१८ सालदेखि हरेक दश दश वर्षमा कृषिगणना गर्दै आएको राष्ट्रिय तथ्याइ कार्यालय (साविकको केन्द्रीय तथ्याङ्क विभागले २०७८ चैत्र १ गते देखि ७७ वटै जिल्लामा कृषिगणना कार्यालय स्थापना गरी २०७९ वैशाख ६ देखि जेठ १९ सम्म सातौं राष्ट्रिय कृषिगणनाको स्थलगत तथ्याङ्क सङ्कलन कार्य सम्पन्न गरेको थियो।

तीनै तहका सरकारहरुलाई चाहिने क्षिसम्बन्धी तथ्याङ्क उपलाथ गराउने उद्देश्य सहित कृषिगणनाको सार, कृषि योजनाको पूर्वाधार “मूलनाराका साथ सञ्चालित राष्ट्रिय कृषिगणना २०७७८ संघीयतापछिको पहिलो कृषिगणना भएको हो । विगतका क्षिगणनाहरुमा जिल्लास्तर सम्मका कृषि तथ्याङ्क मात्र प्रकाशन हुदै आएकोमा यसपटक ७५३ वटै पालिकासम्मका कपि तभ्याइ सङ्कलन गरी प्रकाशन गरिएको गरिएको राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख डिल्लीराम जोशिले बताए ।

उनका अनुसार बैज्ञानिक विधिवाट तीन लाख ३० हजार एक सय १२ कृषक परिवारहरु छनौट गरी कृषक परिवार प्रश्नावली मार्फत कृषि तथा पशुपन्छीसम्बन्धी विस्तृत विवरण संकलनका लागि पांच हजार एक सय ५० गणक, एक हजार तीन सय ५० सुपरिवेक्षक तथा ७७ कृषिगणना अधिकृतहरु सहित करिव सात हजार दुई सय कर्मचारी प्रत्यक्ष र परोक्षरुपमा परिचालित भएका थिए । तथ्याङ्क सङ्कलनमा मूलत कागजी प्रश्नावलीको नै प्रयोग गरिएको थियो भने काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्लामा कम्प्युटर–असिस्टेड व्यक्तिगत साक्षात्कार प्रविधिमा आधारित ट्याब्लेटको प्रयोग गरी तथ्यांक सङ्कलन गरिएको उपप्रमुख जोशिले बताए ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।