ताजा अपडेट »

सूनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

आइतबार, १० मंसिर २०८०, ११ : ३५
10 Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य चालू महिनाकै उच्च बिन्दुमा पुगेको छ । गत शुक्रबारको तुलनामा तोलामा ६०० रुपैयाँ वृद्धि हुँदा छापावाल सुनको भाउ प्रतितोला १ लाख १६ हजार ९०० र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ३५० रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ । गत शुक्रबार चाँदीको प्रतितोला मूल्य १४ सय ५० रुपैयाँ रहेकोमा आइतबार १४ सय ८५ रुपैयाँ पुगेको हो ।

विवाह लगायत विभिन्न धार्मिक अनुष्ठानमा खपत बढ्ने हुँदा मंसिरमा सुनको भाउ बढ्ने गरेको छ । साथै डलर कमजोर हुँदै जाँदा अन्तरराष्ट्रिय बजारमै सुनको भाउ बढेकाले त्यसको प्रभाव नेपालमा पनि देखिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।