ताजा अपडेट »

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त

विहीबार, ०७ मंसिर २०८०, २१ : ३४
8 Shares

काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् । बैंकको बिहीबार बिहान बसेको ४९१औं सञ्चालक समिति बैठकले केसीलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

बैंकका निर्वतमान अध्यक्ष डा. उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिले केसीलाई अध्यक्षमा चयन गरेको छ । केसी ९ वर्षदेखि माछापुच्छ्रे बैंकमा आबद्ध छन् । उनी यसअघि २०७४ वैशाख १४ देखि २०७५ पुस २० सम्म पनि बैंकका अध्यक्ष थिए ।

हाल अध्यक्षमा नियुक्त हुनुअघि उनले यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गरिरहेका थिए । केसी एक सफल युवा व्यवसायीको रुपमा स्थापित छन् । हाइड्रो, कन्स्ट्रक्सनलगायत क्षेत्रमा पनि उनी आबद्ध छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।