ताजा अपडेट »

नेप्से ९.८७ अंकले बढ्यो

विहीबार, ०७ मंसिर २०८०, १६ : १७
10 Shares

काठमाडौँ । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सेञ्ज (नेप्से)परिसूचक सामान्य अंकले बढेको छ।

नेप्से परिसूचक नौ दशमलव ८७ अंकले उकालो लागेर एक हजार आठ सय ६० दशमलव २० मा पुगेको छ । सेन्सेटिभ इण्डेक्स २.७६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ अंक बढेको छ। आज कुल ४४ लाख २० हजार पाँच सय १८ कित्ता सेयर एक अर्ब ३४ करोड ८३ लाख ४७ हजार ४३० रुपैयाँमा खरिद बिक्री भएका छन् ।

आज कारोबारमा आएका १६१ कम्पनीको सेयरमूल्य बढेको छ भने ६७ कम्पनीको घटेको छ। नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३१ रुपैयाँ ६० पैसा बढेर ३४८ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको हो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।