ताजा अपडेट »

बाँकेमा गोली चल्यो : एक युवा प्रहरी नियन्त्रणमा

शुक्रबार, ०१ मंसिर २०८०, १३ : १२
64 Shares

बुटवल । बाँकेको जानकी गाउँपालिकामा शुक्रबार विहान गोली चलेको छ । ज्यान मार्ने उद्योग कसुरमा संलग्न एक युवालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । गोली लागि बैजनाथ गाउँपालिका घर भएका ३१ वर्षीय आकाश राना घाइते भएका छन् ।

प्रहरीको खोजी सुचीमा रहेका आकाशलाई पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाएर नियन्त्रणमा लिइएको बाँकेका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले जानकारी दिए । कार्तिक ३० मा बिहान कोहलपुर स्थित चप्परगौडीमा आकाश राना सहितका युवाहरूले मीन बहादुर बिकलाई आक्रमण गरेका थिए । रानाको समूहले खुकुरी प्रहार गर्दा २९ वर्षीय मीनबहादुर गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागी भारतको लखनउमा पठाइएको छ ।

खुकुरी प्रहारमा संलग्नलाई खोज्दै प्रहरी शुक्रवार जानकारी गाउँपालिका–४ स्थित खुद्रा खजुरामा पुगेको थियो । प्रहरीलाई देखेपछि आकाश भागेका थिए । गोली चलाएर नियन्त्रणमा लिएको एसपी बोहराले जानकारी दिए । रानाको दायाँ खुट्टामा गोली लागेको छ ।

कार्तिक २८ मा कोहलपुर नगरपालिका–११ मा आकाश रानाले करणी प्रयास गरेको आरोप छ । उनी लागु औषध मुद्दामा ५ वर्ष जेल बसेर निस्केका हुन् । २०७४ देखि ०७९ सम्म राना नेपालगन्ज कारागारमा थुनामा बसेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।