ताजा अपडेट »

एक हजारले घट्यो सुनको भाउ

आइतबार, २६ कार्तिक २०८०, ११ : १७
42 Shares

काठमाडौं । आइतबार एकैदिन सुनको मुल्य एक हजार रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार सत सय रूपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य आज एक लाख १३ हजार १५० रूपैयाँमा निर्धारण गरिएको छ ।

चाँदीको मूल्य शुक्रबारको तुलनामा तोलामा २० रुपैयाँ घटेको छ । चाँदी तोलाको एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।