१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

Advertisement

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा प्रत्यक्ष रुपमा प्रभावित सञ्चारकर्मी र सञ्चारमाध्यमको राहातका लागि २५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियारले एक विज्ञप्ती जारी गरी जनतालाई निरन्तर सूचना र समाचार प्रवाह गर्ने पत्रकार, सञ्चारकर्मी र सञ्चारमाध्यमलाई विपदको बेला राहात स्वरुप नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका तर्फबाट केन्द्रीय समितिले आह्वान गरेको प्रभु बैंकमा सहयोग रकम जम्मा गर्ने निर्णय गरेको उल्लेख छ । महासंघ केन्द्रको आह्वान र जिल्ला शाखासँगको समन्वयमा विपदमा साथ दिने उदेश्यले रुपन्देही शाखाका तर्फबाट सबै जिल्लालाई सहयोगका लागि अपिल गर्दै सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष पोख्रेलले बताए ।

भुकम्पले सबैलाई क्षती गराएको भएपनि निरन्तर सूचना प्रवाहमा खटिएका सञ्चारकर्मी र सञ्चारमाध्यमलाई तत्तकाल राहातका लागि सहयोग गरिएको सचिव परियारले बताए । महासंघले विपदमा सहयोगका लागि शुभेच्छुकहरुलाई सहयोगका लागि जिल्ला शाखाका तर्फबाट अपिल समेत गरेको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको प्रभु बैंकमा रहेको ०१८००१९४७०१०००१२ खाता नम्बरमा जम्मा गर्न आह्वान गरेको छ । प्रारम्भिक विवरणमा जाजरकोट र रुकुम पश्चिममा ५६ जना पत्रकारको घर र १० वटा सञ्चारमाध्यमका कार्यालय भवनमा क्षती भएको छ ।

यस्तै शुक्रबार बसेको बैठकले नेपाल पत्रकार महासंघ रुपन्देहीले रुपन्देही उद्योग संघसँगको सहकार्यमा स्थापना गरेको ‘उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार २०७९’ महासंघ रुपन्देहीका सल्लाहकार खिमानन्द भट्टराईको संयोजकत्वमा अर्थविद मनिकर कार्की र रुपन्देही उद्योग संघका तर्फबाट निवर्तमान अध्यक्ष माधव प्रसाद पौडेल रहेको मूल्यांकन समिति गठन गरेको छ ।

यस्तै रुपन्देहीको भैरहवालाई कर्मथलो बनाई विगत २० बर्षदेखि क्रियाशिल पत्रकारिता गरिरहेका पत्रकार मनोरञ्जन शर्मा जटिल रोगका कारण उपचार गराईरहेकाले उपचारका लागि नेपाल पत्रकार महासंघ रुपन्देहीका तर्फबाट २५ हजार उपचारका लागि सहयोग गर्ने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर