ताजा अपडेट »

गौतम बुद्धसहित ३ रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाइने

विहीबार, २३ कार्तिक २०८०, १४ : १०
16 Shares

काठमाडौं । सरकारले तीनवटा रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने भएको छ ।

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले मोरङको विराटनगर, काठमाडौंको मुलपानी र चितवनको गौतमबुद्ध भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय भएको सञ्चारमन्त्री तथा प्रवक्ता रेखा शर्माले बताइन्।

बैठकमा क्रिकेट खेलाडीहरुले राम्रो प्रदर्शन गरेकाले ती रंगशालालाई राष्ट्रिय गौरवको आयोजनको रुपमा अघि बढाइने छलफल भएको उनले बताइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।