ताजा अपडेट »

एक हजारले घट्यो सुनको मूल्य

विहीबार, २३ कार्तिक २०८०, ११ : २०
10 Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार प्रतितोला एक हजार रुपैयाँले घटेर १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । आज तेजाबी सुन तोलाको एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ८० रुपैयाँमा कारोबार भएको  महासंघले जनाएको छ ।।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।