ताजा अपडेट »

भाटभटेनीका संचालक गुरुङले भूकम्प पीडितलाई एक करोड ११ लाख ११ हजार १११ आर्थिक सहयोग गर्ने 

शनिबार, १८ कार्तिक २०८०, २० : २१
66 Shares


बुटवल । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितलाई सहयोगको घोषणा गरेका छन् । उनले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । 

विपदमा परेका नागरिकको उद्धार सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै पीडित नागरिकलाई भाटभटेनीका तर्फबाट सहयोगको घोषणा गरेको भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बताए । साथै गुरुङले यसबाहेक खाद्यान्नसहित अन्य कुनै प्रकारका सहयोग आवश्यक परेमा आफूहरुले उपलब्ध गराउने प्रतिवद्धता पनि जनाए ।

“गएराति गएको भूकम्पमा परेर जति पनि नेपाली दाजुभाइ दिदीबहिनीको मृत्यु भएको छ, त्यसप्रति हामी निकै दुःखी छौँ,” गुरुङले भने, “दुःखको यस घडीमा हामी पीडितको साथमा छौँ भन्ने सन्देश दिन चाहन्छौँ । नेपालीलाई दु:ख पर्दा नेपालीले नै आफू सक्दो सहयोग गर्नु पर्छ । यहि कुरालाई मन्न गरेर यो सहयोग गरेको हु । ” उनले भूकम्पमा परेर ज्यान गुमाएका १५७ जनाप्रति भावपूर्ण श्रद्धान्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासहित सहयोगको हात बढाएको बताए । 

यसअघि भाटभटेनीले कोरोनाबाट आक्रान्त नेपालीको उपचारका लागि कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गरेका थिए । त्यसबाहेक सातै वटा प्रदेश सरकारलाई पनि २५–२५ लाखका दरले सहयोग उपलब्ध गराएका थिए । त्यसअघि पनि मोरङ, सुनसरीलगायतका जिल्लामा गएको बाढीमा परेका नागरिकको लागि पनि सहयोग गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।