ताजा अपडेट »

सुनको मूल्य हालसम्मकै उच्च

आइतबार, १२ कार्तिक २०८०, १२ : ३६
36 Shares

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आइतबार छापावाल सुनको भाउ प्रतितोला एक हजार रुपैयाँ बढेर एक लाख १७ हजार रुपैयाँ पुगेको छ। 

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आजका लागि छापावाल सुनको मूल्य एक लाख १७ हजार, तेजावी सुनको मूल्य एक लाख १६ हजार ४५० र चाँदीको मूल्य १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।