ताजा अपडेट »

सालकको खपेटासहित एकजना पक्राउ

बुधबार, ०१ कार्तिक २०८०, १४ : २१
34 Shares

काठमाडौं । टोखा नगरपालिका-६ स्थित न्यू खुकुरी फुड क्याफेबाट ९ सय ३० ग्राम तौलको सालकको खपेटा १ थानसहित सोही नगरपालिका-८ ग्रिनल्याण्ड बस्ने झापा घर भएकी ३१ वर्षीया सुष्मा गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।  

उक्त स्थानमा सालकको खपेटा बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई उक्त खपेटासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।