ताजा अपडेट »

प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्यो

बुधबार, ०१ कार्तिक २०८०, ११ : १४
12 Shares

काठमाडौं। चालु साताको कारोबारको तेस्रो दिदन बुधबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। बुधबार प्रि–ओपन सेसनमा ०.३४ अंक घटेर १८६४.२७ विन्दुमा झरेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार १३.१८ अंक बढेर १८६४.६२ विन्दुमा बन्द भएको थियो । 

बुधबार प्रि-ओपन सेसनमा ८ स्टकको ६२ हजार ६६६ रुपैयाँ बराबरको १९० कित्ता सेयर किनबेच भएको छ । जसमध्ये १ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।