ताजा अपडेट »

दोहोरो अंकले बढ्यो सेयर बजार

मंगलबार, ३० असोज २०८०, १६ : ००
36 Shares

काठमाडौं। चालु साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । 

साताको पहिलो दिन आइतबार साार्वजनिक विदा परेको थियो भने सोमबार २३.१६ अंकले घटेको सेयर बजार मंगलबार १३.१८ अंकले बढेको हो । मंगलबार ०.७१ प्रतिशतले बढेको बजार १८६४.६२ विन्दुमा पुगेर रोकिएको छ ।  
मंगलबार ३८ लाख १३ हजार २३३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८४ लाख ३७ हजार ८६० रुपैयाँको कारोबार भएको छ । 

यसदिन व्यापार, निर्जीवन बिमा, होटल तथा पर्यटन उपसूचकको मूल्य घट्दा अन्य सबै उपसूचकको मूल्य बढेको छ ।  
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।