१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्। उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ ग्रहण गराउने छन्।

Advertisement

मुख्यमन्त्रीको शपथ ग्रहणका लागि आज दिउँसो २ बजेको प्रदेश प्रमुखको कार्यालयमा विशेष समारोह राखिएको कार्यालयका प्रवक्ता रामकुमार श्रेष्ठले जानकारी दिए। आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने मुख्यमन्त्रीको तयारी छ।

कार्की एमाले र काँग्रेसको शेखर कोइराला पक्षका सांसदहरूको समर्थनमा शनिबार कोशीको मुख्यमन्त्री नियुक्त भएका थिए। उनी नेतृत्वको सरकार संविधानको धारा १६८९५० अनुसारको हो। कार्कीले अबको १ महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। उनले विश्वासको मत पाउन नसके कोशीमा मध्यावधि हुनेछ।

सत्ता गठबन्धनको केन्द्रीय नेतृत्वले गरेको निर्णयको विरुद्धमा गई कार्कीले मुख्यमन्त्रीमा दाबी गर्दा उनलाई एमालेले साथ दिएको थियो।यसबाट सत्ता गठबन्धनमा फुट निम्तने आकलन गरिए पनि शनिबार नै काँग्रेस सभापति शेरबहादुर देउवा र नेता शशाङ्क कोइरालाले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी गठबन्धन एक रहेको सन्देश दिएका थिए।

लगत्तै चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले कार्की गठबन्धनको पनि मुख्यमन्त्री रहेको बताएका थिए। केन्द्रीय नेताहरुले सहमति गरेपनि प्रदेशमा कार्कीसँग माओवादी रुष्ट छ। माओवादी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो मुख्यमन्त्री बन्नबाट बञ्चित भएका थिए।

प्रतिकृया दिनुहोस्

Flash News

युद्दबिराम लगत्तै गाजामा इजरायली हमला, अहिलेसम्म २१ काे मृत्यु जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेसन बैशाखमा शिवम् होल्डिङ्सले आईपिओ निष्कासन गर्ने जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ हमास र इजरायलबीच युद्ध सुरु, युद्धविराम सम्झौता समाप्त जनप्रतिनिधिहरुको विवादका कारण गाउँसभा भएन मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी आयल निगममा ३१ पदका लागि नयाँ कर्मचारीको माग सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री