१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । भाटभटेनी सुपर स्टोरले दशैं-तिहार र छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै छुट योजना ल्याएको छ ।बुधबारदेखि भाटभटेनीले देशभरिकै स्टोरमा लागु हुने गरी छुट योजना सार्वजनिक गरेको हो । २६ वटा आउटलेट भएको भाटभटेनीले विभिन्न सामग्रीको खरिदमा १० देखि ४० प्रतिशतसम्म छुटको योजना ल्याएको हो ।

Advertisement

अहिलेको आर्थिक मन्दीमा उपभोक्तालाई चाडपर्वमा मनाउन भन्न्दे उद्देश्यले भाटभटेनीले न्युनतम नाफा राखेर सो छुटको अफर ल्याएको व्यवस्थापक बिनोद भट्टराईले बताए । भाटभटेनीले चाँडपर्वको अवसरमा सार्वजनिक गरेको छुट योजना अनुसार भैरहवा, नेपालगन्ज , धनगढी , बिराटनगर , इटहरी , बिरगंज , जनकपुरमा  चिनी  प्रतिकेजी ९५ रुपैयाँ तोकिएको व्यवस्थापक भट्टराईले बताए । यस्तै बुटवल, काठमाडौ, पोखरामा चिनी प्रतिकेजी ११४ रुपैयाँ बिक्री गरिने व्यवस्थापक विनोद भट्टराईले बताए । साथै बिर्तामोडमा चिनी ९९ रुपैयाँ बिक्रि गरिने बताए ।

त्यस्तै भाटभटेनीको सबै स्टोरबाट २ हजार ५ सय रुपैयाको खरिदमा एउटा कुपन प्राप्त गर्न सकिने र कार जित्ने अवसर समेत प्राप्त गर्न सकिने जनाइएको छ। यसैगरी, खाद्यान्न लगायत भाडाकुडामा बिशेष सहुलियतका साथै लत्ताकपडामा र जुत्तामा फ्ल्याट १०% छुटको ब्यबस्था रहेको भाटभटेनी स्टोरले जानकारी दिएको छ।

यसैगरी ब्राण्डेड समानको खरिदमा १५% फ्ल्याट छुटका साथै इलेक्ट्रोनिक समानमा होल डेलिभरी सहित ४०% सम्म छुटको ब्यबस्था रहेको भाटभटेनीले जनाएको छ। यसैगरी हिमालयन, एनआइसी एसिया, एनआइएमबी र प्रभु बैंकको कार्ड अथवा स्क्यानबाट ग्राहकले पैसा तिर्दा थप ५ प्रतिशत छुट पाउने भाटभटेनीले बताएको छ।

प्रतिकृया दिनुहोस्

Flash News

वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट केपी ओली कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा, विहिबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा प्रधानमन्त्री प्रचण्ड आज यूएई जाने अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ