१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

काठमाडौं । जिल्ला अदालत काठमाडौंले इलेक्ट्रिक चुरोट (भेप) भित्र ९ किलो सुन तस्करी गरी ल्याएको अभियोग लागेका पूर्व सभामुख कृष्णबहादुर महराका छोार राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाएको छ।

Advertisement

शुक्रबार न्यायाधीश दण्डपाणि शर्माको इजलासले महरालाई थुनामा पठाउने र अर्का अभियुक्त लोकेन्द्र कुमार पौडेललाई पाँच लाख धरौटी मागेर छोड्ने आदेश गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दिपक दाहालले जानकारी दिए।

सरकारी वकिल कार्यालय काठमाडौंले चार जनालाई प्रतिवादी बनाएर बुधबार मुद्दा दर्ता गरेको थियो। महरा, सर्लाही घर भई काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ४ सितापाइला बस्ने ३९ वर्षीय लोकेन्द्रकुमार पौडेल, बेल्जियमका नागरिक ३९ वर्षीय दावा छिरिङ र काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धका ५७ वर्षीय निमा गुरूङविरूद्ध मुद्दा दायर भएको थियो। निमा भने फरार छन्। अदालतले उनीविरूद्ध पक्राउ वारेण्ट जारी गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दाहालले बताए।

लोकेन्‍द्रकुमार सुन तस्करी प्रकरणमा प्रमुख व्यक्ति दाओजिन वाङका सवारी चालक हुन्। दावा ब्रेक शुमार्फत ६० किलो ७१६ ग्राम सुन तस्करी गरेको प्रकरणमा पक्राउ परी पुर्पक्षका लागि थुनामा छन्। उनीहरूविरूद्ध तीन वटा कसुरमा मुद्दा दायर भएको हो। आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर भएको हो।

गत पुस १० गते फ्लाइ दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङले ल्याएको ७३ वटा बट्टामा रहेको ७३० वटा भेपभित्र ९ किलो सुन थियो। ८ करोड ५५ लाख २८ हजार तीन सय ७४ रुपैयाँ बराबरको सुन भन्सार कार्यालयबाट चोरी भएपछि यो घटना बाहिरिएको थियो। केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले अनुसन्धान गरी पाँच जनाविरूद्ध मुद्दा चलाएको थियो।

सुन बरामद गरेपछि राहुल महरा, कृष्णबहादुर महरा लगायतले सामान छुटाउन दबाब दिएका थिए। उनीहरूको पनि कनेक्सन देखिएपछि सिआइबीले अनुसन्धान गरेको हो। सिआइबीले राहुल महरालाई पक्राउ गरे पनि पूर्वसभामुख कृष्णबहादुर महरासँग भने कागज मात्रै गरेको थियो।

प्रतिकृया दिनुहोस्

Flash News

प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट