१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका १८ मा रहेको मुक्त कम्लहरीको गन्यारी कृषि सहकारी संस्थाले गरेको सामूहिक अर्गानिक तिल्की धानखेती राम्रो फलेपछि उनीहरु निकै खुशी भएका छन्। कुनैपनि रासायनिक मल प्रयोग विना र जिल्लाको लोप हुन लागेको स्थानीय जातको धानखेतीमा अहिले राम्रो फलेपछि निकै खुशी लागेको संस्थाकी अध्यक्ष लक्ष्मी चौधरीले बताइन्। उनले भनिन्, ‘यसरी जिल्लामा व्यवसायिक रुपमा यो धानको खेती भएको छैन ।

Advertisement

विगतका वर्षहरूमा गाउँघरमा थोरै जग्गा खेती गरेको देखिन्थ्यो। त्यसमा पनि रोग लागेको हुन्थ्यो। तर, हामीले ३५ कठ्ठा जग्गा भाडामा लिएर खेती गरेका हौँ। अहिले खेतमा धान फलेको देख्दा धेरै खुशी लागेको छ।’ अहिले खेतमा धान फलिरहेको छ। तर, धान चाहियो, भन्ने आफूहरूकहाँ माग आइरहेको समेत उनको भनाइ छ।

यो धान भित्र्याउँदासम्म माग अनुसार पुर्‍याउन नसकिने भएकाले आउँदो वर्षदेखि धेरै जग्गामा यो धानको खेती गर्ने समेत उनले बताइन्। कुनैपनि रासायनिक मल प्रयोग विना राम्रो उत्पादन हुन्छ, भन्ने यसले प्रमाणित गरेको भन्दै उनले आगामी दिनमा धेरै जग्गा भाडामा लिएर खेती गर्ने योजना रहेको समेत बताइन्। आफूहरूले यो धान खेतीमा पिना बाहेक अरु केही प्रयोग नगरेको समेत उनको भनाइ छ। उनका अनुसार यो धान अरु धान भन्दा अग्लो हुने र पाक्ने समय पनि बढि लाग्ने गर्दछ। उनले भनिन्,‘हामीले यो धान असारको १५ मा रोपेका थियौँ। अहिले अरु धान पाकिसकेको छौँ। हाम्रो धान अझै हरियो नै छ। करिब १५ ÷ २० दिन पछि मात्र यो धान काट्न मिल्छ।’जग्गा भाडा लिएर त्यो पनि कुनै मल प्रयोग नगर्दा दुख मात्र हुने हो की रु जस्तो सुरूमा लागेको भएयता पनि अहिले खेतमा फलेको धानले धेरै हर्षित बनाएको भन्दै उनले धान रोप्ने बेला समाजले पनि यो धान नहुने भन्ने गरेको बताइन्।

उनले भनिन्, ‘अहिले रासायनिक मलको प्रयोगले माटो सबै बिग्रिसकेको अवस्थामा त्यो पनि लोप हुन लागेको स्थानीय जातको तिल्की धानको खेती गर्दा समाजले यो खेती सफल हुँदैन, भन्ने गरेको थियो। तर, अहिले खेतको धान देखेर सबै जिब्रो टोक्ने अवस्था पुगेको छ। खेतको धान देखेर सबै दंग हुन्छन्।’यो धानखेतीमा पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र र तुलसीपुर १८ ले सहयोग गरेको भन्दै उनले आगामी दिनहरूमा पनि सहयोगको अपेक्षा गरेकी छन्। उनका अनुसार यो धानमा अन्य धानको तुलनामा रोग पनि कम लाग्ने गर्दछ। अहिले अन्य धानमा धेरै रोग लागेको भन्दै उनले अहिलेसम्म आफूहरूले गरेको धान खेतीमा कुनै समस्या नदेखिएको उनको भनाइ छ।

यस्तै यो धान अन्य धानको तुलनमा कम उत्पादन हुने भएयता पनि मूल्य धेरै हुने गरेको उनले बताइन्। उनले भनिन्,‘अन्य धान कठ्ठाको ३ र ४ मुरीसम्म फल्न सक्छ। तर, यो धान २ मुरी सम्म फल्छ। हाइब्रिड धान २ क्विन्टल बिक्री गर्दा हुने आम्दानी बराबर यो तिल्की धान एक क्विन्टल बिक्री गरेपछि आम्दानी हुन्छ। अहिले तिल्की धानको बजार मूल्य ९ हजार रूपैयाँ क्विन्टल रहेको छ।’

प्रतिकृया दिनुहोस्

Flash News

प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट