१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

लण्डन । गैरआवासीय नेपाली संघले इजरायलमा भएको आतंकवादी आक्रमणमा परी ९ जना नेपाली घाइते भएकाे तथा ५ जनाको उद्धार गरिएको जनाएको छ । संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले संस्थाको तर्फबाट शनिवार एक विज्ञप्ति जारी गर्दै सो घट्नाको निन्दासमेत गरेका छन् ।

Advertisement

आक्रमणमा नेपालबाट इन्टर्नसीपका लागि त्यहाँस्थित सेदोट नेगेभ कृषि केन्द्रमा गएका ९ जना नेपाली घाइते भएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इजरायलस्थित गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषदले जानकारी दिएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि संघका अध्यक्ष डा. केसीले इराजयलस्थित नेपाली समुदाय, नेपाली दुतावास र संघसंस्थाका प्रतिनिधिहरु बीच आपतकालिन बैठकको गरेका थिए । संघले त्यहाँ अल्पत्रमा परेका नेपालीहरुको उद्धारको लागि तत्कालै काम थालेको छ ।

विज्ञप्तिको पूर्णपाठ

इजरायलमा शनिबार बिहान (७ अक्टोबर २०२३) भएको आतंकवादी आक्रमणको गैरआवासीय नेपाली संघ घोर भत्सर्ना गर्दै यस विषम घडीमा इजरायल सरकारसँग ऐक्यबद्धता व्यक्त गर्दछ । गैरआवासीय नेपाली संघ इजरायलका जनता र सरकारका साथै यस निर्मम आक्रमण प्रभावित पीडित एवं परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछ । साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

आक्रमणमा नेपालबाट इन्टर्नसीपका लागि त्यहाँस्थित सेदोट नेगेभ कृषि केन्द्रमा गएका ९ जना नेपाली घाइते भएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इजरायलस्थित गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद्मार्फत हामीले जानकारी लिएका छौँ । हामीसँग सम्पर्कमा आएका सो केन्द्रका केही नेपालीका अनुसार त्यहाँ १७ जना नेपालीहरु रहेका मध्ये ९ जना घाइते भएका हुन । अन्य ५ जनाको सकुशल उद्धार भएको छ । ३ जना भने सम्पर्क विहिन छन । आक्रमण प्रभावित नेपालीहरुको विस्तृत विवरण लिने प्रयास जारी छौँ ।

गैरआवासीय नेपाली संघको इजरायलस्थित राष्ट्रिय समन्वय परिषद् आक्रमण प्रभावित क्षेत्रमा बसोबास गर्ने नेपालीहरूसँग निकट सम्पर्कमा रहेको छ । नेपालीको सुरक्षा, र उद्धारका साथै घाइतेको उपचारका लागि गैरआवासीय नेपाली संघले राजदूतावास र त्यहाँस्थित सक्रिय नेपाली संघसंस्थाहरुसँग निरन्तर समन्वय गरिरहेको छ ।

यस गम्भीर स्थितिलाई ध्यानमा राख्दै इजरायलमा रहेका नेपालीलाई सतर्क, सुरक्षित र संयमित रहन र त्यहाँस्थित सरकारी अधिकारीहरूको निर्देशन तथा सुरक्षा उपायहरू पालना गर्न अनुरोध गर्दछौँ । साथै नेपालस्थित समस्त अभिभावकहरुलाई पनि धैर्यता राख्न र संयमता अननाउन अनुरोध गर्दछौँ ।

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर