१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । सजिलाे बचत तथा ऋण सहकारी संस्था काे १५ औं वार्षिक साधारण सम्पन्न भएकाे छ । बुटवल उपमहानगरपालिका – ९ स्थित कालिकानगरमा प्रधान कार्यलय रहेकाे सहकारीको शनिबार बुटवल फुलबारीमा साधारणसभा सम्पन्न भएको हो ।

Advertisement

साधारणसभामा बाेल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सहकारीले उद्यमशिलामा विशेष जाेड दिनु पर्ने बताए । साथै सहकारीले अब आर्थिक क्षेत्र मा विशेष जाेड दिनु पर्ने बताए ।सहकारिका अध्यक्ष रामराज पाेखरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले शेयर सदस्यकाे हितमा लामाे समयसम्म काम गर्दै आएकाे बताए । अहिले केहि सहकारी सकटमा परे आफुहरुको निरन्तर प्रयासले सजिलो सहकारी फाइदामै रहेको बताए।

स्थानीय स्तरमा स्थानीय नागरिकबाट संचालन भएका सहकारीमा गरेको लगानी खेर नजाने भएकाले दावी गरे । बुटवलमा मात्रै कार्यक्षेत्र रहेकाेमा अगामि दिनमा बिस्तार गर्ने समेत याेजना तयारी रहेको अध्यक्ष पोखरेलले बताए ।सहकारीले बाल बचत र दैनिक बचत समेत गर्दै आएकाे छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष प्रदिप कुमार श्रेष्ठ , बुटवल उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख गुणाखर खनाल, बुटवल जेसिजका पुर्व अध्यक्ष गणेशचनद्र पाेेखरेल, व्यसायी गाेपाल ज्ञवाली लगायतले आ-आफ्नाे भनाइ राखेका थिए ।

७५९ जना सदस्य रहेकाे सदस्य रहेकाेमा आगामि आर्थिक बर्षमा ८०० सदस्य पुर्याउने लक्ष्य रहेकाे बताए ।
हाल सहकारीकाे कुल पुँजी ९ कराेड ६२ लाख ३५ हजार ४३ रहेकाे छ । जसमा कर्जा लगानि ८ कराेड १७ लाख ९८ हजार ९ सय ८ रहेकाे छ । निक्षेप तर्फ ७ कराेड ५२ लाख ८१ हजार ४ सय ३२ रहेकाेछ । शेयर पुँजी तर्फ १ कराेड १४ लाख ८१ हजार रहेकाे छ ।साधारणसभामा जेष्ठ नागरिकलाई सम्मान गरिएकाे थियाे ।

प्रतिकृया दिनुहोस्

Flash News

वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट केपी ओली कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा, विहिबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा प्रधानमन्त्री प्रचण्ड आज यूएई जाने अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ