१८ मंसिर २०८०, सोमबार

Dec 4, 2023

बुटवल । बुटवलको मिलनचोक स्थित डेल्टा कम्प्लेक्समा रहेको नेपाली जुत्ता घर र नेपाली लुगाघरमा चाडर्पव लक्षित छुट योजना ल्याएको छ ।  गत बैशाख १ गतेदेखि सञ्चालन भएको नेपाली जुत्ता घर तथा यही आश्विन ३ गतेदेखि नेपाली लुगा घर सञ्चालनमा आएका हुन् ।

नेपालीहरुको महान चाड बडा दशैंको अवसरमा आम उपभोक्तालाई लक्षित गरि नेपाली जुत्ताघरले आश्विन १७ गतेदेखि कार्तिक ४ गतेसम्म १० प्रतिशत देखि ५० प्रतिशतसम्म नगद छुट प्रदान गर्नुको साथै प्रथम खरिद गर्ने २ हजार जना ग्राहकलाई कम्तीमा ५०० सयको जुत्ताचप्पल वा लुगा घरको कपडा खरिदमा एक जोर चप्पल निःशुल्क उपहार दिने भएको छ ।  नेपाली लुगाघरले पनि १० प्रतिशतको छुट राखेको छ ।

दशैं तिहार विशेष छुट योजना बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेपाली जुत्ताघरका सञ्चालक रुद्र प्रसाद न्यौपानेले स्वदेशी उत्पादन र ब्राण्ड नेपाली जनताको घर घरमा उपभोग होस भन्ने हेतुको साथ यो अभियानको थालनी गरिएको बताए । नेपाली  जुत्ता घरमा शिखर सुज, बिएफ डियर हिल, रन सुज, सुल्याण्ड, ब्लाक हर्स, टुरिष्ट, क्रसरोड, फस्टवाक, स्मार्टस् गरी ९ वटा ब्राण्ड रहेका छन् भने नेपाली लुगाघर अन्तर्गत फ्रिडम, भर्जिनस्, याक एण्ड न्याक, गोफि, ट्याग र केके गरी ६ वटा ब्राण्ड रहेका छन् । नेपाली लुगा घरका सञ्चालक प्रकाश भुषालले देशकै प्रतिष्ठित नेपाली ब्रान्डका जुत्ता, कपडा विक्रि  स्थलको रुपमा डेल्टा मार्टलाई चिनाउने गरी योजना बनाईएको जानकारी दिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

व्यवस्था उल्टाएर दलित समुदायको अधिकार कुण्ठिन गर्न खोजिँदै छ : माओवादी नेता बराल पाल्पाको तिनाउ मावीको हीरक महाेत्सवका अवसरमा विभिन्न प्रतियाेगिता भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई नियमित गराउन काठमाडौंमा दबाब नेप्से घट्ने क्रम जारी बुटवलका ४१ विद्यार्थीहरुलाई ईन्द्रज्योती विश्वकर्मा कल्याणले दियो छात्रवृत्ति हुम्ला, मुस्ताङ र कालीकोटमा हिमपात : जनजीवन कष्टकर तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु कांग्रेस लुम्बिनी प्रदेशको निर्णयः निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजाको दर्दनाक कथा गठबन्धन : सबैभन्दा ठूलो दल जटायु रेष्टुराँ सञ्चालनले बढ्यो गिद्धको सङ्ख्या एनआईसी एशियामा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक एमालेको संकल्प यात्रा : आज सुर्खेतमा आमसभा हुँदै नेकपा एसको सचिवालय बैठक बस्दै एनएसएल : आज झापा र काठमाडौं भिड्दै उपप्रधानमन्त्री खड्का घाना प्रस्थान कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन : संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न माग मङ्सिर २० केपि ओलि गुल्मीको वामिटक्सार आउने