ताजा अपडेट »

दाङमा महामारी जस्तै सर्पद्वंशको समस्या, एकै साता ८ घटना

शनिबार, १३ असोज २०८०, ०५ : ५७
42 Shares

दाङ । दाङमा एक हप्ताको अवधिमा ८ जनालाई सर्पले डसेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गत असोज ५ गतेदेखि १२ गते शुक्रबारसम्म जिल्लाका विभिन्न स्थानमा ८ जनालाई सर्पले डसेको हो । यस्तै तुलसीपुर ८ अश्वार बस्ने २७ वर्षीया पूर्णिमा डाँगी वलीलाई घरबाट बजार आउने क्रममा नाम नखुलेका सर्पले गत असोज ५ गते दायाँ खुट्टामा डसेको थियो ।

उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याई उपचार गरिएको थियो । यस्तै राजपुर गाउँपालिका ४ मोतिपुरुवा बस्ने ४० वर्षीय दिनेश कुमार गुप्तालाई खेतमा काम गर्ने क्रममा असोज ६ गते नाम नखुलेका सर्पले दाहिने खुट्टामा डसेको थियो ।

उनलाई लमही अस्पताल लमहीमा ल्याई उपचार गरिएको थियो । यस्तै असोज ९ गते बिहान साढे ९ बजेतिर बबई गाउँपालिका ३ रामपुर बस्ने २४ वर्षीया शीतल घर्तीलाई घर नजिकै बनमा घाँस काट्न गएको बेलामा नाम नखुलेका विषालु सर्पले दाहिने खुट्टामा डसेको थियो ।

उनलाई उपचार लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइ उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी जनक बहादुर मल्लले जानकारी दिए । यसैगरी सोही दिन दिउँसो पौन १ बजेतिर तुलसीपुर उपमहानगरपालिका ७ पर्सेनी बस्ने ५६ वर्षीय भोजराज भण्डारीलाई खेतमा घाँस काट्ने क्रममा नाम नखुलेको सर्पले दाहिने खुट्टामा डसेको थियो ।

उनलाई पनि उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याई उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै असोज ९ गते बेलुका ६ बजेतिर राजपुर गाउँपालिका २ बेला बस्ने १३ वर्षीया सृष्टि बुढाथोकीलाई घर नजिकै खेतको आलीमा हिँडिरहेको अवस्थामा नाम नखुलेको विषालु सर्पले दाहिने खुट्टामा डसेको थियो ।

उनलाई पनि उपचारको लागि लमही अस्पताल लमहीमा ल्याइएको र उपचार भइरहेको प्रहरीले जनाएको छ । यसैगरी सोही दिन राती साढे ११ बजेतिर राप्ती गाउँपालिका २ बाह्रखुट्टी बस्ने १५ वर्षीय संयोग गिरीलाई घरमै बसिरहेको अवस्थामा नाम नखुलेको सर्पले दाहिने खुट्टामा डसेको थियो ।

उनको लमही अस्पतालमा उपचार भइरहेको छ । यस्तै असोज १ए गते बिहान शान्तिनगर गाउँपालिका २ राउटे चौर बस्ने ३९ वर्षीय नेव बहादुर खड्कालाई खेतमा पानी लगाउन गएको अवस्थामा नाम नखुलेको विषालु सर्पले बायाँ खुट्टामा डसेको थियो ।

उनलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याई उपचार भइरहेको प्रवक्ता मल्लले जानकारी दिए । यस्तै सोही दिन राती करिब साढे ८ बजेतिर बबई गाउँपालिका ५ हापुरे ६० वर्षीया भुमा खत्रीलाई भाँडा धुने क्रममा नाम नखुलेको सर्पले बायाँ खुट्टामा डसेको थियो । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको प्रहरीले जनाएको छ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी