१८ मंसिर २०८०, सोमबार

Dec 4, 2023

महोत्तरी । श्रम तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारलाई अवसरको रुपमा लिनुपर्ने बताएका छन । सुरक्षित आप्रवासन कार्यक्रम (सामिले) आयोजना गरेको कार्यक्रममा सहभागी हुन महोत्तरी पुगेका मन्त्री भण्डारीले बैदेशिक रोजगारलाई नै ब्यवस्थित बनाउनुको विकल्प नरहेको बताएका हुन ।

Advertisement

विदेश जानुपर्ने बाध्यात्मक अवस्थालाई अवसरको रुपमा प्रयोग गरे नेपालले सीप र अनुभवलाई भित्र्याएर समृद्ध बनाउन सकिने धारणा ब्यक्त गरेका छन् । बैदेशिक रोजगारलाई व्यवस्थित बनाउन श्रम मन्त्रालयवाट ऐतिहासिक कामहरु गरेको बताउदै मन्त्री भण्डारीले बिचौलियावाट मुक्त बनाउने देखि रोजगार गन्तव्य मुलुकसँग नयाँ सम्झौताको लागि समेत प्रक्रिया अगाडि बढाएको बताए । खाडी तथा अन्य मुलुकहरुमा जानेको संख्या मधेश प्रदेशका जिल्लाहरुवाट उच्च रहेको र यस्लाई सुरक्षित बनाउन अर्को चुनौती रहेको मन्त्री भण्डारीको भनाई छ ।

कार्यक्रममा आप्रवासी हकहित संजाल मधेश प्रदेशले बिभिन्न १७ वटा बुदाँ सहितको माग राखेर ज्ञापनपत्र समेत बुझाएको छ । ज्ञापनपत्रमा उल्लेख भएका सवै बुद्दाहरुमा कामहरु भएको बताउदै मन्त्री भण्डारीले निकट दिनमा नै त्यस्ले कार्यान्वयनको रुप लिनेमा आश्वस्त बनाए । ज्ञापनपत्रमा विमा कम्पनीले मृतक परिवारलाई जवर्जस्ती पुन: बिमा गराउने, वैदेशिक रोजगार बोर्डवाट प्रदान गरिने उपचार खर्च छिटो, छरितो बनाउनु पर्ने, बैदेशिक रोजगारमा जानेहरुलाई अनिवार्य सिप, तालिमको ब्यबस्था गरिनुपर्ने जस्ता माग राखिएको छ ।

मन्त्री भण्डारीले २०७२ मा घोषणा गरेको फ्री भिषा, फ्री टिकट सस्तो लोकप्रियताको लागि गरिएको बताउदै त्यो व्यवहारत: नभएको जिकिर गरे । रोजगार गन्तव्य मुलुकहरु मध्ये केही कम्पनीमा यस्तो भएतापनी १० हजार लागतको नाममा मेनपावर व्यवसायीहरुले राज्यलाई नै ठगिरहेको जनाएका छन् । कागजमा १० हजार तर कामदारसगँ लाखौ रुपैया लिने अनि राज्यलाई कर नतिर्ने विषयमा हामी नया ढंगले काम गरिरहेका छौ'-मन्त्री भण्डारीले भने, ‘अब बिचौलियावाट मुक्त बनाउन मेनपावर व्यवसायी स्थानिय तहको रोजगार शाखामा जोडिने प्रक्रिया पनि अगाडि बढेको छ ।´

प्रतिकृया दिनुहोस्

Flash News

व्यवस्था उल्टाएर दलित समुदायको अधिकार कुण्ठिन गर्न खोजिँदै छ : माओवादी नेता बराल पाल्पाको तिनाउ मावीको हीरक महाेत्सवका अवसरमा विभिन्न प्रतियाेगिता भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई नियमित गराउन काठमाडौंमा दबाब नेप्से घट्ने क्रम जारी बुटवलका ४१ विद्यार्थीहरुलाई ईन्द्रज्योती विश्वकर्मा कल्याणले दियो छात्रवृत्ति हुम्ला, मुस्ताङ र कालीकोटमा हिमपात : जनजीवन कष्टकर तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु कांग्रेस लुम्बिनी प्रदेशको निर्णयः निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजाको दर्दनाक कथा गठबन्धन : सबैभन्दा ठूलो दल जटायु रेष्टुराँ सञ्चालनले बढ्यो गिद्धको सङ्ख्या एनआईसी एशियामा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक एमालेको संकल्प यात्रा : आज सुर्खेतमा आमसभा हुँदै नेकपा एसको सचिवालय बैठक बस्दै एनएसएल : आज झापा र काठमाडौं भिड्दै उपप्रधानमन्त्री खड्का घाना प्रस्थान कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन : संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न माग मङ्सिर २० केपि ओलि गुल्मीको वामिटक्सार आउने