२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

भैरहवा । रुपन्देहीको बेलहिया नाका स्थलगत मार्ग हुदै पर्यटक भित्रयाउने सबै भन्दा ठूलो नाकाको रुपमा रहेको छ । त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थल पछि नेपालमा सबै भन्दा बढी पर्यटक यहिबाट भित्रिने गरेका छन् । कोभिडको कारण सन २०२१ मा बेलहिया नाकाबाट एउटा पनि पर्यटक आएनन् । नेपाल र भारतको नाका शील रहेको कारण शून्य प्राय रहेको यहाको पर्यटन अहिले बिस्तारै लयमा आउन थालेको छ ।

Advertisement

अध्यागमन कार्यालय भैरहवाले उपलब्ध गराएको तथ्यांक अनुसार सन २०२२ मा नेपाल आउने तेश्रो मुलुकका पर्यटकहरुको संख्या २० हजार २ सय २० जना रहेको थियो । सन २०२३ को अगस्त सम्म भने करिब दोब्बरको संख्यामा पर्यटक आगमनमा वृद्धि भएको छ । यस अवधिमा ४१ हजार २ सय ४१ जना पर्यटकहरु नेपाल आएका छन । बेलहिया नाकाबाट करिब १ सय २० देशका पर्यटकहरु नेपाल आउने गरेका छन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको दर्शनको लागि यो नाका प्रयाग गर्नेहरु धेरै रहेका छन् । चालु अंग्रेजी वर्षको अगस्त महिनासम्ममा सबै भन्दा बढी १० हजार १ सय ९० जना पर्यटक श्रीलंकाका रहेका छन् ।

यस्तै थाईलैण्डका ९ हजार ७ सय ५१, म्यानमारको ६ हजार २ सय ८५, भियतनामबाट ३ हजार ५ सय १८ र दक्षिण कोरियाबाट ३ हजार २ सय ४२ जना नेपाल आएका छन् । अध्यागमन कार्यालयका निमित्त प्रमुख लाल बहादुर खत्री क्षेत्रीले कोभिड अघिका बर्षहरुमा बार्षिक सरदर १ लाख ५० हजार पर्यटकलाई यो नाकाबाट भित्रिने गरेको गरेको बताउछन् । केही बर्षहरु कोभिडको प्रभावमा रहे पनि अहिले उल्लेख्य पर्यटक आगमन रहेकोले त्यो संख्या यसै बर्ष भेट्टाउने सम्भावना रहेको उनले बताए । पर्यटनलाई ब्यवस्थित एवम पर्यटक आगमनलाई कसरी महत्वपूर्ण र आवश्यक बनाउने सन्दर्भमा निजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक रहेको पर्यटन ब्यवसायीहरुको भनाई छ । पर्यटक झिकाउने, उनीहरुलाई टिकाउने र यँहाका समान बिकाउने रणनिति बनाउन तर्फ लाग्नु पर्ने सरोकारवालाले बताएका छन् ।

तेश्रो मुलुक भन्दा धेरै भारतीय पर्यटकहरु नेपाल आउने गरेका छन् । अहिले रुपन्देही तथा यस आसपासको पर्यटन ब्यवसाय यिनै भारतीय पर्यटकहरुले धानिएको छ । क्यासिनो, होटल, स्पा, साहसिक पर्यटन, लगायत नेपालका मनोरम एवम प्राकृतिक दृश्यावलोकनको लागि भारतीय पर्यटकहरु नेपाल भित्रिने गरेका छन् । तर सीमामा घण्टौं लाईन, सवारीको भन्सार पास गराउन उस्तै सकस, टैक्सी चालकहरुको उस्तै दादागिरी, ठाउ ठाउमा प्रहरी चेकजाँचको हैरानीले भारतीय पर्यटकहरु अब नेपाल आउन अप्ठ्यारो मान्ने गरेको पर्यटन ब्यवसायीहरु बताउँछन् ।

यो सबै समस्याहरुको निराकरण एवम पर्यटन प्रवद्र्धनमा निजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक रहेको पर्यटन ब्यवसायीहरुको भनाई छ । नेपाल ट्राभल्स एण्ड टुर्स अपरेटर्स एशोसिएसनका संस्थापक प्रदेश अध्यक्ष समेत रहनु भएको पर्यटन ब्यवसायी बिष्णु प्रसाद शर्माले सिमामा भारतीय पर्यटकले पाएको सास्ती हेर्दा उदेक लागेको बताउछन् । “भारतीयलाई पर्यटक नै मान्दैनन् हाम्रा सरकारी संयन्त्रले,” उनले भने “यसको बिपरीत नेपालमा धेरै खर्च गर्ने भारतीय पर्यटक नै हुन ।”
नेपालमा भारतीयहरुको गाडीलाई अनावश्यक रुपमा जाँच गर्ने, दुःख दिने गरिएको उनले गुनासो गरे । शर्माले यसको निराकरणको लागि नाकामै एकद्वार प्रणाली लगाई पर्यटकहरुको आगमन सहज बनाउनु पर्ने सुझाव दिए । “जाँच, सोधपुछ, कर अन्य के–के हुन्छ, एकै स्थानबाट लिनुप¥यो ।” उनले भने नाकामै नो अब्जेक्शन जस्तै स्टिकर प्रदान गरि नेपाल भरि सहज भ्रमणको ब्यवस्था मिलाउनु पर्छ ।”

अर्का पर्यटन ब्यवसायी सञ्जय बजिमयले भने पर्यटक आगमनमा “कनेक्टिभिटी” महत्वपूर्ण रहेको बताए । “हामी जस्तो भुपरिवेष्ठित राष्ट्रलाई कनेक्टिभिटी चाहिन्छ, यहाको अन्र्तराष्ट्रिय बिमानस्थललाई पनि सञ्चालन गर्न सक्नुपर्छ ।” बजिमयले भने “यस संगै अनलाईन पेमेन्ट, अनलाईन भिसा लगायतका सुविधाहरु पनि थप्नुपर्छ, यसले प्याकेज सस्तो पर्ने भई गुणस्तरिय पर्यटकको आगमन बढ्छ ।” लुम्बिनी प्रदेशमा पर्यटनको अपार स्म्भावना देखेर नै प्रदेश सरकारले लुम्बिनी प्रदेशलाई पर्यटनको प्रदेश बनाउने लक्ष्य राखेको छ ।

आगामी दिनमा पर्यटन क्षेत्रमा समग्र मुलुकले नै परिवर्तन महशुश गर्ने गरि काम भै रहेको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेको भनाई छ । “नेपालमा अहिले सहजतापूर्वक पर्यटक भित्रयाउन पर्यटक प्रहरीलाई खटाईएको छ ।” पाण्डेले भने “उहाहरुले स्वागत गरेको पर्यटकलाई सहज रुपमा नेपालका बिभिन्न पर्यटकिय स्थल भ्रमणको ब्यवस्था मिलाईएको छ ।” यसका साथै भारतीय पर्यटकलाई अहिले २५ हजार भारतीय रुपैया मात्र बोक्न पाईने ब्यवस्थालाई प्रदेश सरकारले गम्भिरतापूर्वक लिएको मन्त्री पाण्डेले बताए । उनले केन्द्रिय सरकारसंगको सहकार्यमा यसलाई ४ देखि ४ लाख ५० हजार भारतीय रुपैया सम्म गर्ने पहल भईरहेको बताए ।

नेपालको पर्यटन प्रवद्र्धनमा सरकारी संयन्त्रले मात्र पुगने नभई यसमा निजि क्षेत्र, स्थानिय सरकार, प्रदेश सरकार एवम केन्द्रिय सरकार संगै स्थानियहरुको जनचाहना र सहयोग पनि आवश्यक रहेको छ । सबैले आ–आफ्नो स्थानबाट आफ्नो दायित्व पूरा गर्नुपर्ने आवश्यकता रहेको मन्त्री पाण्डेका भनाई छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाद्वारा रक्तदान गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै