ताजा अपडेट »

राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने

आइतबार, ०७ असोज २०८०, ०७ : १८
20 Shares
आइतबार, ०७ असोज २०८०
20 Shares

काठमाडौं । राहातका शिक्षकहरुको आन्दोलन आज पनि हुने भएको छ । सरकारसँग शुक्रबार साँझ गरेको सहमति प्रति असन्तुष्ट राहातका शिक्षकहरुको आन्दोलन आज पनि जारी रहने भएको हो । 

शुक्रबार सरकारसँग नेपाल शिक्षक महासंघलगायतले गरेको सहमति प्रति राहातका शिक्षकहरुले भने असहमति प्रकट गरेका छन । अन्य संगठनका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलन गरेर घर फर्के पनि राहातका शिक्षकहरु भने आन्दोलनमा नै रहेका छन् । 

माग पूरा नभएसम्म आन्दोलन जारी रहने नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले जानकारी दिए । उनका अनुसार शुक्रबार सरकारसँग भएको सहमतिमा ५० हजार भन्दा बढी राहातका शिक्षकहरु असन्तुष्ट रहेका छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।