ताजा अपडेट »

भाटभटेनीलाई झापाली जनताको उत्साहजनक साथ, बिर्तामोड स्टोरमा छुट यथावत

शनिबार, ०६ असोज २०८०, १७ : ०५
24 Shares

बिर्तामोड । आफ्नो २६ औं स्टोरका रुपमा पूर्वी नेपालको ब्यापारीक सहर विर्तामोडमा यहि असोज ४ गते बाट सञ्चालनमा आएको भाटभटेनी सुपर स्टोर लाई झापालि उपभोक्ता को उत्साहजनक साथ मिलेको छ । समुदघाटनकै दिनबाट बिर्तामोडवासीको राम्रो उपस्थिति पाएको भट्भटेनिले आज तेस्रो दिनमा पनि सपिङका लागि आउने उपभोक्ताहरुको उत्सहजनक उपस्थिति रहेको छ ।

झापालि जनताको उत्सहजनक साथ पाएको भाट्भटेनीले एक विज्ञप्ति जारी गर्दै सम्पुर्ण आदरणीय ग्राहक महनुभाव हरुले स्टोर प्रती देखाएको माया तथा विस्वासका लागि हृदयदेखिनै कृतग्यता तथा आभार ब्यक्त गर्दै भाटभटेनी परिवार गौरवान्वित भएको जनाएको छ ।

विर्तामोड लगाएत आम कोशी वासी उपभोक्ताहरुको उत्साहजनक उपस्थितिलाई मध्यनजर गर्दै समुद्घाटनका अवसरमा ग्रोसरी, रेडीमेड गार्मेन्ट, फुटवेयर एवम् किचनवेयर लगाएतका सामानहरुमा प्रदान गरेको १० प्रतिशत तथा इलेक्ट्रोनिक्सका सामानहरुमा प्रदान गरेको २० प्रतिशत सम्मका छुटको सुबिधाहरु अर्को सुचना नआउदा सम्मकालागि यथावतनै रहने जानकारी गरएको छ । साथै आगामी दिनहरुमा समेत आम उपभोक्ता हरुको यस्तै साथ र विश्वास र हौसलाको अपेक्षा रहने जनाएको छ ।

१५ कट्ठा क्षेत्रफलमा करिब २ लाख ५० हजार सपिङ्ग स्पेस सहित सन्चलनमा आएको यो स्टोरमा २ अर्ब बढी लागानि भएको जनाईएको छ यो स्टोर कोशी प्रदेशको चौथो तथा झपा जिल्ला को पहिलो हो । यस अघि कोशी प्रदेशको धरान, बिराट्नगर तथा इटहरिमा स्टोर सन्चलनमा आइसेकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।