ताजा अपडेट »

एमाले अध्यक्ष ओली गृह जिल्ला झापामा खुलेको भाटभटेनी पुगेर गरे सपिङ

विहीबार, ०४ असोज २०८०, २१ : ४७
6 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गृह जिल्ला झापामा विहिबारदेखि सञ्चालनमा आएको भाटभटेनी सुपर मार्केटमा पुगेर सपिङ गरेका छन् । व्यवसायी मिनबहादुर गुरुङलाई झापाको बिर्तामोडमा भाटभटेनी खोलेकोमा बधाईसहित शुभकामना व्यक्त गरे ।

झापामा पहिलोपटक सञ्चालनमा आएको भाटभटेनी सुपरस्टोरमा ओलीले एमालेका पोलिटब्यूरो सदस्य एवम् झापाका इन्चार्ज विशाल भट्टराईका लागि सर्ट, पाइन्ट र पेटी किनिदिएका हुन् । उनले ५ हजार रुपैयाँको सपिङ गरेका थिए । ओलीलाई भाटभटेनीमा गुरुङ दम्पतीले स्वागत गरेका थिए ।

देशभर लोकप्रिय रहेको भाटभटेनी सुपरस्टोरले झापामा पनि सफलता पाउने भन्दै ओलीले गुरुङले बधाइ दिएका थिए । गुरुङलाई ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नियन्त्रणमा लिएपछि व्यवसायीहरुलाई सरकारले आतंकित बनाएको ओलीले बताउँदै आएका थिए । दोषीलाई कारबाही गर्नुपर्ने तर कुनै प्रभाव र दबाबले व्यवसायीहरुलाई आतंकित बनाउन नहुने ओलीको तर्क थियो ।

यसैबीच ओलीले झापामा आफ्ना बुबालगायत अन्य पारिवारिक सदस्यहरुसँग पनि भेटघाट गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।