ताजा अपडेट »

काठमाडौं छाड्ने छैनौं

विहीबार, ०४ असोज २०८०, १५ : २०
8 Shares

सरकार !
हल्ला गर्न आएका होईनौं
हामी शिक्षक काठमाडौं
न कुनै सचिव,मन्त्री र प्रधानमन्त्री भेट्न
न पशुपतिको जात्रा,सिद्राको व्यापार गर्न
कहिल्यै नदेखेर हेर्न आएका पनि होईनौै
बरु हामीलाई कहिल्यै नदेख्ने

हाम्रा कुरा कहिल्यै नसुन्ने
सिहंदरवारलाई देखाउन र सुनाउन आएका हौं !
हामी शिक्षक को हौं भनेर ?

कैयौं दिन स्कुल बन्द हुँदा
बन्दाकर्ताका विरुद्व चूँ बोल्न नसक्नेहरु !
विद्यार्थीका भविष्य, ठेक्का लिन्छन् आज !
हिजो जसका बलमा सत्तारोहण गरे
तर आज हामी
उनकै आँखाका कसिंङ्गर ?

हाम्रा सन्तान पाल्देउ
हाम्लाई झुप्रो बनाईदेउ
बिन्ति दर्शाउन आएका पनि होईनौं !
अर्निपानी आफ्नै पैसाले खाएका छौं
घामपानी सहेर पढाएकै छौं
विद्यार्थीलाई साथी

अभिभावकलाई आफन्ती बनाएका छौं !

बढुवा नहुँदा नि हवस हजुर भनेकै छौं
सत्र थरिका शिक्षक भएर नि बाँचे कै छौं
चार महिनामा तलव थाप्दा नि हाँसे कै छौं !

काठमाडौं आउनु हाम्रो बाध्यता हो
रत्नपार्कको शालीक भत्काउन आएका होईनौै
घण्टाघरको घडी तोड्न आएका हैनौं

सिंहदरवारलाई सन्देश दिन आएका हौं

भन्दैछौैं
देशमा सचेत शिक्षक छन्
हाम्रा अधिकार, सरकारलाई थाहा छ ?
के गर्दैछौं हामी शिक्षक रु
किन आएका हौै हामी काठमाडौं ?
कहिले फर्किन्छौं विद्यालयतिर ?

तिमी सत्ताको खेलमा छौ
हामी शिक्षाको उन्नतिमा
तिमी गलाउन चाहन्छौ
हामीलाई ढलाउन चाहन्छौ
हाम्रो मागमा मुकदर्शक छौ !

याद गर सरकार
हाम्रो बरु
सरुवा होला
जागिर जाला
आन्दोलनमा लाठी खाईएला
अश्रुग्यासले आँखा पोल्लान्न !
छातीमा तातो गोलीले छेड्न पनि सक्ला !
तर
सबैका आँसु झार्ने
शिक्षा नीति सदालाई फेर्नुछ !
जतिबेलासम्म
हाम्रा माग पूरा हुने छैनन्
त्यतिञ्जेल
हामी काठमाडौ छाड्ने छैनौं !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।