ताजा अपडेट »

भरुवा बन्दुकसहित एकजना पक्राउ

विहीबार, ०४ असोज २०८०, १३ : २८
10 Shares

बैतडी। दोगडाकेदार गाउँपालिका-१ रिम बस्ने ४५ वर्षीय बिष्णु सिंह साउदलाई भरूवा बन्दुक १ थानसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

साउदले भरुवा बन्दुक लिएर हिँडिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी खोचलेकबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।