२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

बिर्तामोड । मुलुककै ठूलो चेन मार्केट भाटभटेनी सुपरस्टोरका अध्यक्ष मिनबहादुर गुरुङले ससुराली गाउँ झापामा २६ औं स्टोरको उद्घाटन गर्दै आफ्नो ‘हिरासत बसाई’को अविस्मरणीय क्षणलाई सम्झेका छन् । केही समयअघि ललिता निवास प्रकरणमा आफू हिरासतमा बस्नु परेको घटनालाई सम्झिँदै उनले देशमा केही गर्नुपर्छ भनेर लाग्ने व्यक्तिहरुलाई उक्त घटनाले हतोत्साही बनाएको भन्दै राज्यनै लागि परेपछि आफूलाई पनि अफ्ट्यारो परिस्थितिको समना गर्नु परेको स्मरण गरे ।

Advertisement

आफूहरुलाई आएको अप्ठ्यारो बीच पनि व्यवसायिक यात्रालाई निरन्तरता दिँदै झापामा २६ औं स्टोर सञ्चालनमा आउनु एक खुसिको क्षण भएको उल्लेख गरेका छन । अप्ठ्यारो समयमा राज्यलेनै हतोत्सायी बनाउन खोज्दा पनि आम उपभोक्ता र नेपाली जनताले दिएको माया, विश्वास र साथकै कारण आफू हतोत्साही नभएको र आफूले न्याय पाउने कुरामा विस्वस्त रहेको उनले बताए ।

गुरुङको ससुराली गाउँ समेत रहेको झापामा केही असहज परिस्थिती बीच आफू हिरसतमा रहँदा पनि स्टोर स्थापनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रवन्ध निर्देशक (श्रीमती सावित्री गुरुङ)को खुलेर प्रशंसा गरे । विर्तामोडमा खुलेको भाटभटेनीको स्टोर माइती गाउँलाई कोशेलीको रुपमा रहेको बताउँदै उनले यसको सफल सञ्चालनमा सबैको सहयोगको अपेक्षा गरे । ‘सबैले माइती आउँदा केही न केही कोशेली लिएर आउने हाम्रो प्रचलन छ । त्यसैगरी साबित्री जीले पनि झापामा भाटभटेनीको नयाँ स्टोर लिएर आउनु भएको छ ।’– अध्यक्ष गुरुङले भने, ‘आशा छ यहाँ रहनु भएका ससुराली, दाजुभाई, दिदी वहिनी, जेठान, साला, सालीहरुले सहयोग र साथ दिनुहुने छ ।’ मुलुकमा आर्थिक चलायमान र रोजगार सिर्जना आफ्नो प्रमुख लक्ष्य रहेको बताउँदै उनले नयाँ स्टोर सञ्चालनसँगै यहाँका युवाहरुले रोजगार प्राप्त गर्ने उल्लेख गरे ।

देशभर स्टोर विस्तारलाई तीब्रता दिएको भाटभटेनीले झापाको विर्तामोडमा छुट्टै परिवेश र असहज परिस्थितीका बीच सेवा विस्तार गर्न सफल भएको बताउँदै गुरुङले सबैको साथ र सहयोग निरन्तर पाइराख्ने विश्वास व्यक्त गरे । मुलुकलाई आर्थिक संकटबाट माथि उठाउनका लागि निजी क्षेत्रले भूमिका खेल्नु पर्नेमा जोड दिँदै उनले धेरै भन्दा धेरै रोजगार सिर्जना तथा पूँजी पलायनलाई रोक्ने उद्देश्यसाथ अघि बढेको उल्लेख गरे ।

आर्थिक संकटका बीच हजारौंलाई रोजगार प्रदान गर्दै आफ्नो सेवा तथा बजार विस्तारलाई निरन्तरता दिइरहेको भाटभटेनीले आफ्नो २६ औं स्टोर पूर्वी नेपालको विर्तामोडमा सञ्चालनमा ल्याएको हो । बिर्तामोडमा सन्चलनमा आएको यो स्टोर १५ कट्ठा क्षेत्रफलमा करिब २ लाख ५० हजार सपिङ्ग स्पेससहित रहेको छ । २ अर्ब बढी लागानिमा बनेको यो स्टोर कोशी प्रदेशको चौथो तथा झापा जिल्लाको पहिलो हो । यस अघि कोशी प्रदेशको धरान, बिराटनगर तथा इटहरिमा स्टोर सन्चलनमा आइसेको छ ।

स्वदेशी तथा विदेशी ब्राण्डका उच्च गुणस्तरका विभिन्न सामानहरु पाईने यस स्टोरमा झापा जिल्लासहित आसपसका छिमेकी जिल्ला तथा छिमेकी मुलुक भारतका सीमावर्ति शहरहरुबाट समेत ग्राहकहरु किनमेलका लागि आउने विश्वास लिइएको छ । नेपालमै अन्तर्राष्ट्रिय स्तरको सपिङ अनुभव र सेवा प्रदान गर्ने तथा नेपालमै रोजगारीको अवसर सृजना गर्ने उद्देश्यसहित देशभरका ठूला शहरहरुमा भाटभटेनीको स्टोर विस्तार गरिएको छ ।

देशमा ब्याप्त आर्थिक मन्दीका कारण ब्यपार ब्यवसायमा निरासा छाएको बेला भाटभटेनीको संचालनलने पूर्वी नेपालको आर्थिक बिकासमा थप टेवा पुग्ने क्षेत्रीय व्यवस्थापक बिनोद भट्टराईले बताए । भाटभटेनीको स्थापनाले बिर्तामोड लगयत पूर्वी नेपालकै आर्थिक तथा प्रयटकीय गतिविधी समेत बढ्ने देखिन्छ । उपभोक्तालाई बजार मुल्य भन्दा सस्तो एवम् गुणस्तरीय सामग्री एकै ठाउँबाट उपलब्ध गराइने भएकोले सामनको मूल्य र गगुणस्तरमा ग्राहक ठगिन नपर्नेहुँदा भाटभटेननी यस क्षेत्रका उपभोक्ताको पहिलो रोजाई बन्ने क्षेत्रीय ब्यवस्थापक भट्टराईले बतए ।

भाटभटेनी ब्यवसाय मात्र नभएर रोजगारी आभियान समेत रहेको र यो स्टोरमा पनि यस क्षेत्रका करिब ३०० स्थानीय युवाले रोजगर प्राप्त गरेको अध्यक्ष मीन बहदुर गुरुङले बताए । उदघाटनका अवसरमा आम ग्राहकलाई प्रत्येक सामानको खरिदमा १० देखि २० प्रतिशतसम्म छुटको ब्यवस्था रहेको स्टोरका अपरेसन म्यानेजर पानु पौडेलले बताए ।

यस स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फूट्वेर, फूड्कोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबलिकाका लागि स्केट पार्क लगायतका सुबिधाहरु रहने भाटभटेनीले जनाएको छ । बिर्तामोडमा २६ औ स्टोर संचालनमा आएपश्चात झापाको दमकमा समेत आगामी बैशाखसम्ममा २७ औ स्टोर संचालनमा आउने भाटभटेनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाद्वारा रक्तदान गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै