१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

बिर्तामोड । मुलुकमा आर्थिक संकटका बीच हजारौंलाई रोजगार प्रदान गर्दै आफ्नो सेवा तथा बजार विस्तारलाई निरन्तरता दिइरहेको देशकै ठूलो चेन सुपरस्टोर भाटभटेनीले आफ्नो २६ औं स्टोर पूर्वी नेपालको विर्तामोडमा सञ्चालनमा ल्याउन लगेको छ ।

Advertisement

स्टोर झापा जिल्लाको ब्यपारिक शहर बिर्तामोडको भगवान चोकमा यहि असोज ४ बाट संचालनमा आउने भएको हो । बिर्तामोडमा सन्चलनमा आउने यो स्टोर १५ कट्ठा क्षेत्रफलमा करिब २ लाख ५० हजार सपिङ्ग स्पेस सहित सन्चलनमा आउन लगेको हो । २ अर्ब बढी लागानिमा सन्चलनमा आउन लागेको यो स्टोर कोशी प्रदेसको चौथो तथा झापा जिल्लाको पहिलो हो । यस अघि कोशी प्रदेशको धरान, बिराटनगर तथा इटहरिमा स्टोर सन्चलनमा आइसेको छ ।

स्वदेशी तथा विदेशी ब्राण्डका उच्च गुणस्तरका विभिन्न सामानहरु पाईने यस सुपर स्टोरमा झापा जिल्लासहित आसपसका छिमेकी जिल्ला तथा छिमेकी मुलुक भारतका सीमावर्ति शहरबाट समेत ग्राहकहरु किनमेलका लागि आउने विश्वास भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङको रहेको छ । नेपालमै अन्तर्राष्ट्रिय स्तरको सपिङ अनुभव र सेवा प्रदान गर्ने तथा नेपालमै रोजगारीको अवसर सृजना गर्ने उद्देश्यसहित देशभरका ठूला शहरहरुमा भाटभटेनीको स्टोर विस्तार गरिएको उनी बताउछन ।

देशमा ब्याप्त आर्थिक मन्दीका कारण ब्यपार ब्यवसायमा निरासा छाएको बेला भाटभटेनीको संचालनलने पूर्वी नेपालको आर्थिक बिकासमा थप टेवा पुग्ने देखिन्छ । भाटभटेनीको स्थापनाले बिर्तामोड लगयत पूर्वी नेपालकै आर्थिक तथा प्रयटकीय गतिविधी समेत बढ्ने देखिन्छ । उपभोक्तालाई बजार मुल्य भन्दा सस्तो एवम् गुणस्तरीय सामग्री एकै ठाउँबाट उपलब्ध गराइने भएकोले सामनको मूल्य र गगुणस्तरमा ग्राहक ठगिन नपर्नेहुँदा भाटभटेननी यस क्षेत्रका उपभोक्ताको शपिङका लागि पहिलो रोजाई बन्ने क्षेत्रीय ब्यवस्थापक बिनोद भट्टराईले बतए ।

भाटभटेनी ब्यवसाय मात्र नभै रोजगारी आभियान पनि रहेको र यो स्टोरमा यस क्षेत्रका करिब ३०० स्थानीयले रोजगर प्राप्त गरेको अध्यक्ष मीन बहदुर गुरुङ बताउछन । आसोज ४ गते बिहिबारबाट संचालनमा आउने सुपर स्टोरको लागि सम्पूर्ण तयारि पूरा भएको भाटभटेनीले जनाएको छ । उदघाटनका आवसरमा आम ग्राहकलाइ प्रत्येक सामानको खरिदमा १० देखि २० प्रतिशतसम्म छुटको ब्यवस्था पनि रहेको स्टोरका अपरेसन म्यानेजर पानु पौडेलले बताए ।

यस स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फूट्वेर, फूड्कोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबलिकाका लागि स्केट पार्क लगायतका सुबिधाहरु रहने भाटभटेनीले जनायएको छ । बिर्तामोडमा २६औ स्टोर संचालनमा आएपश्चात झापाको दमकमा समेत आगामी बैशाखसम्ममा २७ औ स्टोर संचालनमा आउने भाटभटेनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर बझाङबाट ९१ किलो गाँजासहित तीन जना पक्राउ गौशालामा प्रहरी र प्रसाईं समर्थकबीच झडप