१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

दाङ । तुलसीपुर उपमहानगरपालिका ६ का विष्णुमणी आचार्यले करिब ३३ वर्ष सरकारी जीवनमा समय बिताए । जागिरबाट बिदा भएपछि उनलाई ३/४ महिना समय बिताउन धेरै गाह्रो भयो । लामो समय जागिरे जीवनमा समय बिताएका उनलाई के गरौँ, कसो गरौँ, भन्ने लाग्यो । कुनै ब्यापार व्यवसाय गर्दा डुब्ने हो की ? भन्दै मनमा कुरा खेलिरहेका बेलामा एक दिन उनले मोबाइलबाट युट्युबमा भिडिओ हेर्दै जाँदा कालिज पालन गरेको भिडिओ देखे । अनि उनलाई कालिज साह्रै मन परेपछि उनले व्यवसायिक रुपमा गत वर्षदेखि पाल्न शुरु गरेको बताए ।

Advertisement

उनले तुलसीपुर उपमहानगरपालिका १० नयाँगाउँमा एक बिगाहा जमिन भाडामा लिएर यो व्यवसाय शुरु गरेका छन् । उनका अनुसार शुरुमा करिब ६ सय कालिजका बच्चाहरू ल्याएर शुरु गरेका थिए । उनले भने, ‘फ्रान्स र बेल्जियमबाट अण्डाहरू ल्याएर उत्पादन गरेका कालिजका बच्चाहरू शुरुमा ल्याएको थिए । शुरु शुरुमा अलि गाह्रो पनि भयो । नयाँ व्यवसाय भएका कारणले गर्दा केही बच्चाहरू मरेर पनि गए । करिब साढे ५ सय कालिज बचेका थिए । ति मध्य अहिले करिब एक सय वटा मात्र कालिज बाँकी रहेको र अरु सबै बिक्री भएका छन् । बेचेकाहरू पनि किन्न आइरहन्छन् । मैले बेचेको छैन् ।’

उनका अनुसार पछिल्लो समय जिल्लामा मात्र नभइ बाहिरबाट पनि कालिजको माग एकदमै बढि रहेको छ । अहिले उनले करिब डेढ महिनाका साढे ७ सय कालिजहरू हुर्काइ रहेका छन् । यी कालिजहरू उनले आफैले उत्पादन गरेका हुन् । उनले बच्चा उत्पादनको लागि ह्याचरी मेसिन पनि ल्याएका छन् । उनले भने, ‘शुरुका कुनै पनि व्यवसाय गर्दा अनुभवव चाहिन्छ । मैले युट्युबमा भिडिओ देखेर रहर लागेर शुरु गरे । शुरुमा केही बच्चाहरू पनि मरे । यही बच्चा उत्पादन गर्न लाग्दा करिब २५ सय अण्डाहरू पनि खेर गए । अहिले अनुभव बटुल्दै छु । सबै कुरा सिक्दै गएपछि थाहा हुँदोरहेछ ।’

आफूले अहिले करिब ९ सय जति कालिजका बच्चाहरू उत्पादन गरेकोमा करिब साढे ७ सय बच्चाहरू हुर्काईरहेको समेत उनले बताए । उनका अनुसार कालिजहरूले अण्डा माघदेखि असारसम्म मात्र दिने गर्दछन् । उनले भने, ‘केही कालिजले पुसदेखि नै अण्डा दिने गरेका थिए । तर, यिनीहरूले अण्डा दिने समय भनेको माघ देखि असार सम्म मात्र रहेको छ । एउटा कालिजले कम्ति ७० वटा सम्म अण्डा दिन्छ ।’

उनले शुरुमा एउटा कालिजलाई २५ सयका दरले बिक्री गर्दै आएका थिए । एउटा कालिज एक केजी देखि कम्तिमा २ केजीसम्म हुने समेत उनले बताए । आफूले शुरुमा २५ सयका दरले आधा जति बेचेको र पछि मूल्य घटेपछि २ हजारका दरले बिक्री गरेको समेत उनको भनाइ छ । उनले भने, ‘अहिले २ हजार मूल्य रहेको छ । अझै यो मूल्य घटाउन पर्छ, जस्तो मलाई लागेको छ । दाना आफै उत्पादन गरेर यसको खर्च कम गरेर मूल्य घटाउनु पर्छ । सबैले खान सक्ने मूल्य बनाउने सोचमा रहेको छु ।’ शुरुबाट बच्चा किनेर यो व्यवसाय शुरु गरेको भएयता पनि उनले करिब ३ हजार बच्चा उत्पादन गर्ने ह्याचरी मेसिन ल्याएर आफै उत्पादन गर्दै आएका छन् । २४ दिनसम्म मेसिनमा अण्डाहरू राखेपछि बच्चाहरू उत्पादन हुने समेत उनको भनाइ छ ।

आचार्यका अनुसार कालिजमा कुखुराहरूमा जस्तो रोग नदेखिने भएयता पनि यी एक आपसमा लडेर मर्ने गर्दछन् । एक आपसमा ठुङा ठुङ गरेपछि मार्नको लागि २ मिनेट लगाउँदैनन् । उनले खोरमा रातो कपडा लगाएर हामी पस्दा पनि ठूला कालिजहरू आक्रमण गर्ने गरेको समेत बताए । कालिज धेरै आक्रामक हुने भएकाले पोथीले भालेलाई पनि आक्रमण गर्ने गरेको उनको भनाइ छ ।

उनका अनुसार एक महिनाका बच्चालाई ३ पटक रानीखेत र कम्बारो भन्ने भ्याक्सिन दिइन्छ । रोग नदेखिने भएयता पनि लाखौँको लगानी गरेर पालेका कालिजहरूलाई सुरक्षित राख्नको लागि भ्याक्सिन दिने गरेको उनको भनाइ छ । उनले शुरुमा यो व्यवसाय गर्दा देखि अहिलेसम्म करिब ३० लाख लगानी लागेको समेत बताए । उनका अनुसार पहिलो लटका कालिजबाट राम्रो आम्दानी भएको थियो ।

उनले ३३ वर्षसम्म जागिर गरेको भन्दै व्यवसायिक रुपमा थालेको कालिज पालनबाट निकै आनन्द मिलेको बताए । उनले भने, ‘मेरो जागिर स्थानीय तह तिरको थियो । नेताहरूको दबाब र समय पनि त्यस्तै थियो । त्यो भएर अवकाश हुन मन लाग्यो । अहिले यो पेसाबाट नै आनन्दित भएको छु । रमाइलोसँग कालिजसँग खेलेर दिन बितिरहेको छ ।’ उनले बजार क्षेत्रमा कसैले जिउँदो वा मासु मागेमा त्यही मूल्यमा घरसम्म लगेर दिने गरेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर बझाङबाट ९१ किलो गाँजासहित तीन जना पक्राउ