ताजा अपडेट »

नेप्सेबाट कारोबार सदस्यता पाउने नयाँ ब्रोकरहरुको संख्या २८ पुग्यो

बुधबार, २० भदौ २०८०, १० : ३४
12 Shares

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले थप ११ वटा नयाँ ब्रोकरलाई कारोबार सदस्यता प्रदान गरेको छ । नेप्सेले मंगलबार कारोबार सदस्यतासँगै ब्रोकर नम्बर पनि दिएको छ । सदस्यता पाएका ११ वटै ब्रोकर कम्पनीहरु सीमित कार्य गर्ने कम्पनीहरु हुन् । 

यससँगै, नेप्सेबाट कारोबार सदस्यता पाउने नयाँ ब्रोकरहरुको संख्या २८ पुगेको छ । यसअघि, असार २१ गते ७ वटा, साउन १२ गते ७ वटा र साउन १९ गते ३ वटा नयाँ ब्रोकरहरुले नेप्सेबाट सदस्यता पाएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।