१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद भुसालको सरुवा भएको छ । भुसालको निर्वाचन कार्यालय सिन्धुपाल्चोकमा सरुवा भएको हो ।

Advertisement

भुसाललाई मङ्गलबार चन्द्रकोट गाउँपालिकाले फेरि भेटौँला कार्यक्रमको आयोजना गरि बिदाई गरेको छ । बिदाई सम्मान ग्रहण गर्दै भुसालले भने, “म चन्द्रकोटमा आउँदा प्रशासनका नाममा प पनि थाहा थिएन , यहाँको एक बर्षे कार्यकाल मेरो लागि व्यवहारीक पाठशाला बन्यो । यहाँका अध्यक्ष , उपाध्यक्ष सहितका जनप्रतिनिधिहरुलाई मैले मेरो गुरुका रुपमा लिएको छु ।” पालिका उपाध्यक्ष बिष्णु प्रसाद भण्डारीले उनले त्यसो भन्नू महानता भएको बताउँदै उनले कुशल प्रशासकिय भुमिका निभाएको बताए ।

पालिका अध्यक्ष युवराज खत्री क्षेत्रीले स्थायी सरकारी कर्मचारी भएको र जनप्रतिनिधिहरुलाई सरकारको फेरेममा ल्याउने कार्यमा भुसालले महत्वपूर्ण भुमिका खेलेको भन्दै भुसाल सङ्ग बिदाई होइन फेरि भेटौँलाको कामना स्वरुप कार्यक्रमको आयोजना गरिएको बताए । भुसाललाई सम्मान पत्र सहित मायाको चिनो प्रदान गरि बिदाई गरिएको थियो । भुसाल अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका बासिन्दा हुन् । दुई दिन पछि चन्द्रकोट गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हाल्न छत्रदेव मै घर भएका सरोज भुसाल आउने पालिका अध्यक्ष खत्रीले जानकारी दिए ।

त्यस्तै कालिगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम पल्लीको पनि स्याङ्गजाको जिल्ला सम्वन्य समितिमा सरुवा भएको छ । उनको ठाउँमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकिय अधिकृत नरेश गिरि आएका छ्न् । उनलाई सोमबार त्यस पालिका अध्यक्ष वेद बहादुर थापा र उपाध्यक्ष मन्जु कुमारी दर्लामि लगायतले स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर बझाङबाट ९१ किलो गाँजासहित तीन जना पक्राउ