ताजा अपडेट »

झुक्याएर भारत पुर्‍याएका ७ बालबालिकाको उद्धार

शुक्रबार, ०९ बैशाख २०७९, १० : ४२
112 Shares
शुक्रबार, ०९ बैशाख २०७९
112 Shares

तिलोत्तमा/सन्जु पौडेल। विभिन्न प्रलोचन देखाई भारत पुर्‍याएका सात जना नेपाली बालबालिकाको उद्धार गरिएको छ । भारतबाट उद्धार गरिएका ४ जना बालक र ३ जना बालिकालाई सुनौली नाका हुँदै शनिबार स्वदेश फिर्ता गराएको हो ।

मानव बेचबिखन विरुद्ध कार्यरत सामाजिक संस्था केआइएन इन्डियाले १ देखि ६ महिनाको अवधिमा हराएका बालबालिकाहरुलाई भारतीय प्रहरीको सहयोगमा विभिन्न स्थानबाट उद्धार गरी नेपाल फर्काएको हो ।

दार्चुलाको १५ वर्षीया, पाल्पा र पर्साका १६ वर्षीया बालिका तथा रौतहटका १३ वर्षीय दुई बालक, महोत्तरी र अर्घाखाँचीका १६ वर्षीया बालकको उद्धार गरिएको हो । ती बालबालिकाहरुलाई बिभिन्न वहाना तथा प्रलोभनमा भारत पुर्याइएको थियो ।

उद्धार गरिएका ती बालबालिका मध्ये ३ जना बालकको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव मिना पौडेल र रुपन्देही जिल्ला प्रहरी कार्यालयको रोहवरमा पारिवारिक पुनर्मिलन गराइएको केआइएनका निर्देशक नवीन जोशीले बताए । ।

एक जना बालकलाई बालबालिका खोज तलास केन्दमा राखिएको छ । तीन बालिकालाई रुपन्देहीको एक आवास गृहमा राखिएको छ । जोशीका अनुसार ती बालबालिकाहरु भारतसम्म कसरी पुगे भन्ने विषयमा थप अनुसन्धान प्रक्रियाका लागि बालिकालाई आवास गृहमा राखिएको हो ।

उद्धार गरिएका मध्ये दार्चुलाकी बालिका घरबाट भागेर हिडेको र दिल्लीको मेट्रो स्टेशनमा फेला पारिएको केआइएनका निर्देशक जोशीले जानकारी दिए । उनका अनुसार पाल्पाकी बालिकालाई लागू औषध प्रयोगकर्ताले सिमा नाकामा भएको चेकजााचमा बुहारी भनेर झुक्याएर भारत पुर्याएका थिए । ती बालिकालाई रेलवे स्टेशनबाट उद्धार गरिएको हो ।

पर्साकी बालिकालाई दिल्लीमा खोज तलास गर्ने क्रममा खाली कोठामा बन्धक बनाएर राखिएको अवस्थामा फेला पारिएको थियो । चारै जना बालकलाई दिल्लीबाट उद्धार गरिएको केआइएनले जनाएको छ । निर्देशक जोशीले भेटिने भन्दा नभेटिने बालबालिकाको संख्या धेरै रहेको जानकारी दिए।

‘भारत धेरै जनसंख्या भएको देश हो । यहाँ ल्याइएकाहरु कुन क्षेत्रमा छन् भनेर लोकेशन पत्ता लगाउन निकै समस्या हुन्छ’, जोशीले भने, ‘फिल्डमा नदेखिने तरिकाले हाम्रो टिम परिचालन गरेर भारतीय प्रहरीको सहयोगमा उद्धारको काम गर्छौ ।’ सन् २०१८ देखि अहिलेसम्म केआइएनले पाँच सय बढी महिला तथा बालबालिका उद्धार गरिसकेको जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।