ताजा अपडेट »

उद्योग व्यापार संगठन, रुपन्देहीको अधिवेशन साउन ६ मा गर्ने तयारी

शनिबार, ०९ भदौ २०८०, १८ : ४३
26 Shares

बुटवल । उद्योग व्यापार संगठन, रुपन्देही (चेम्बर अफ कमर्श, रुपन्देही) को १६ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशन आगामी असोज ६ गते शनिबार हुने भएको छ । संगठनको भदौ २ गते बसेको नियमित बैठकले साधारणसभा तथा अधिवेशन असोज ६ गते गर्ने निर्णय भएको अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । 

साधारणसभा तथा अधिवेशन रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९, उदयपुरस्थित उद्योग व्यापार संगठनको हलमा हुने महासचिव सचिन रोक्काले बताए ।

साधारणसभा तथा अधिवेशनमा उपस्थित हुन संगठनले आफ्ना सम्पूर्ण सदस्यहरुलाई आग्रह गरेको छ । संगठनले उद्योगी व्यवसायीको हकहितमा काम गर्नुका साथै सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको कोषाध्यक्ष राम मिलन यादवले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।