ताजा अपडेट »

तानसेन ५ को छापथोकमा घरघरमा खानेपानि पुग्यो

बुधबार, १६ जेठ २०८१, १७ : २७
88 Shares
बुधबार, १६ जेठ २०८१
88 Shares

पाल्पा । पाल्पाको तानसेन नगरपालिका वडा नं ५ छापथोकमा एक घर एक धारा अभियान अन्तरगत घरघरमा खानेपानिको धारा पुग्न सफल भएको छ । तानसेन खानेपानि उपभोक्ता समिति पाल्पाको पहलमा सिस्नेमुलको पानि घरघरमा  पुगेको हो ।

स्वच्छ खानेपानिको अभावमा काकाकुल जस्तै बनेका यस भेगका स्थानियले अहिले घरमा पानि पुगेपछि भने राहतको महशुस गरेका छन । हरेक निर्वाचनमा कालिगण्डकीको पानि घरघरमा वितरण गर्ने आश्वासन हरेक राजनितिक दल र तीनक उम्मेदवारले दिने गरे पनि त्यो अहिलेसम्म सार्थक बन्न सकेको थिएन । तर अहिले खानेपानि उपभोक्त समितिमा मोहन प्रसाद श्रेष्ठको संक्रिय नयाँ नेतृत्व आएपछि भने त्यो सपना विपनामा परिणत भएको हो । घरघरमा खानेपानि ल्याउन यस भेगका विभिन्न टोल समुदाय छापथोक सहित माथिल्लो धरमपानि, सेतिपोेखरी र शिवपोखरीका स्थानियले निशुल्क एक हप्ता बढी श्रमदान समेत गरेका थिए ।

शुद्ध र स्वच्छ खानेपानिको अभावमा चुन मिसिएको पानि पिउन बाध्य भएका यस भेगका करिब ४० घरधुरीलाई निकै सजिलो भएको स्थानिय विष्णु बहादुर  बोहोराले बर्ताए ।  एक कार्यक्रमको आयोजना गरि तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले धारा खोलेर खानेपानिको उद्घाटन गरे । खानेपानिको उद्घाटन पछि आयोजित औपचारिक कार्याक्रममा नगरप्रमुख सन्तोषलाल श्रेष्ठले तानसेन ५ का स्थानियलाई कहिलै पनि खानेपानिको समस्या हुन नदिने बताउर्दै यसभेगको चौतर्फी विकासमा आफु हिरा फोर्न समेत तयार रहेको बताए। 

यस्तै कार्यक्रमामा तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिंजाली, कार्यबाहक वडा अध्यक्ष मान बहादुर कार्की, खानेपानि डिभिजन कार्यालयका प्रमुख आविद हुषेन,समाजसेवी शलिकराम रावल, दिनेश रावल, तुल बहादुर रावल लगायतले बोल्दै यसभेगका स्थानियको घरघरमा खानेपानि ल्याउने लक्ष्य पहिले देखि नै राखिएको भए पनि एक दुई जना व्यक्तिको अवरोधले रोकिदै आएको बताउनुभयो । तर अहिलेको तानसेन खानेपानि उपभोक्त समितिको संक्रिया टिमको समन्वय र स्थानियको सहकार्यले मात्र खानेपानि पुग्न सफल भएको कार्यक्रममा सहभागी बक्ताले बताए । 

कार्यक्रममा तानसेन खानेपानि उपभोक्ता समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले छापथोकबासीको जस्तै गरि सेतिपोखरी, धरमपानि र शिवपोखरीका स्थानियको समेत तिर्खा मेटाउने बताए । यसको लागि अहिलेसम्म यसका भेगका स्थानियले साथ दिदै आएको र आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्ने बताए । खानेपानिको शुल्क समायोजनमा उपभोक्ता समितिले आगमी दिनमा मिलान गरेर जाने समेत जानकारी दिए।  कार्यक्रममा साविक तानसेन १२ र १३ नं वडाका विभिन्न टोला समुदायका स्थानिय, वडाका जनप्रतिनिधि लगायतको सहभागीता रहेको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।