ताजा अपडेट »

नेपालमा 'रेमल' चक्रवातको आंशिक प्रभाव कायमै, यी स्थानमा हुन सक्छ वर्षा

बुधबार, १६ जेठ २०८१, ०६ : २७
370 Shares
बुधबार, १६ जेठ २०८१
370 Shares

काठमाडौं । नेपालमा स्थानीय वायुको प्रभाव सँगै देशको पूर्वी भूभागमा 'रेमल' चक्रवातको आंशिक प्रभाव रहेको छ।

हाल देशको कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का  वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। ।कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज राती कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका थोरै स्थानहरूमा साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।