१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023


भैरहवा । भैरहवाबाट काठमाडौं सम्मको लागि देव दर्शन मेट्रो एसी बस सेवाले दैनिक बस सेवा सन्चालन गरेको छ । यस अघि कृष्णनगरबाट सेवा दिदै आएको पश्चिम नेपाल बस ब्यवसायी प्राली अन्तर्गतको देव दर्शनले आइतबारदेखि भैरहवाबाट पनि सेवा सुरु गरेको हो ।

Advertisement

बस प्रत्येक दिन बेलहियाबाट काठमाडौंको लागि साँझ ८ बजे छुटने यसका संचालक किशोर वाग्लेले जानकारी दिए । सोही समयमा काठमाणडौंबाट पनि बेलहियाको लागि बस छुट्ने छ । बेलहियाबाट काठमण्डौंको भाडा १ हजार २ सय ३० रुपैया तोकिएको अर्का सन्चालक लिला अधिकारीले बताए । २×२ फोल्डिङ्ग सीट रहेको बसमा सोही भाडामा यात्रुले आरामदायी एवम सुरक्षित यात्राको साथै निशुल्क वाइफाइ, पूर्ण वातानुकुलित सेवा, मोबाइल चार्ज लगायतको सुविधा रहेको अधिकारीले जानकारी दिए।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगर पालिका प्रमुख इस्तियाक अहमद खानले बढी पर्यटक भित्र्याउने नाकाबाट बस सन्चालनले यस क्षेत्रको आर्थिक अवस्था थोरै भए पनि चलायमान गराउने बताए । उनले वर्तमान अवस्थामा बस सन्चालनले सकारात्मक सन्देश जाने प्रमुख खानले बताए । उनले भारतीय पर्यटक लक्षित गरि बस सन्चालनमा ल्याउन तथा भारतमै राम्रो सन्देश जाने गरि सेवा दिन सुझाव दिए ।
देव दर्शन मेट्रो बसका सन्चालक लिला अधिकारीको अध्यक्षता, सिद्धार्थनगर नगर पालिका प्रमुख इस्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिद्धार्थ उध्योग बाणिज्य संघका पुर्व अध्यक्ष विष्णु शर्मा, पश्चिम नेपाल बस ब्यवसायी प्रालीका प्रतिनिधि सुरेन्द्र क्षेत्री, नेपाल भारत मैत्री संघका अध्यक्ष श्रीचन्द गुप्ताले बोल्दै बेलहियाबाट बस सन्चालन हुनु सुखद रहेको बताए ।

स्थलमार्ग हुँदै सबै भन्दा बढी पर्यटक भित्र्याउने बेलहिया नाकाबाट बस सुरु गर्दा यसमा यात्रुको कमि नहुने वक्ताहरुको भनाइ थियो । यसको लागि बसमा भएको सेवा गुणस्तरीय तथा कर्मचारीको ब्यवहारमा राम्रो गर्नु पर्ने सुझाव समेत वक्ताहरुको रहेको थियो । कार्यक्रमको सन्चालन देव दर्शनका सन्चालक दिपक काफ्लेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक युद्दबिराम लगत्तै गाजामा इजरायली हमला, अहिलेसम्म २१ काे मृत्यु जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेसन बैशाखमा शिवम् होल्डिङ्सले आईपिओ निष्कासन गर्ने जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ हमास र इजरायलबीच युद्ध सुरु, युद्धविराम सम्झौता समाप्त जनप्रतिनिधिहरुको विवादका कारण गाउँसभा भएन मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी आयल निगममा ३१ पदका लागि नयाँ कर्मचारीको माग सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी