१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

बुटवल । जवाई ब्याडमिन्टन क्लब बुटवल १३ रुपन्देहीको प्रथम साधारण सभा तथा प्रथम अधिवेशन शनिबार जवाइ खेलमैदान नयाँगाउमा सम्पन्न भएको छ । अधिवेशनले नवल गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

Advertisement

बरिष्ठ उपाध्यक्षमा बेन प्रसाद थापा, उपाध्यक्ष गिरि गुरुङ, सचिब टीका थापा, सह सचिब हिता गुरुङ, कोषाध्यक्ष प्रसाद गुरुङ र सह कोषाध्यक्ष अङ्ग्रेज गुरुङ चयन भएका छन् । यसैगरी सदस्यहरु दिनेश थापा, रक्षा गुरुङ, राजु थापा, उमा घर्ती, रमेश पौडेल र प्रकाश खनाल सर्व–सहमतिले चयन भएको निर्वाचन मन्डलका संयोजक राजु गुरुङले बताए ।

२०६४ सालबाट अनौपचारिक रुपमा स्थानीय युवाहरु मिलेर क्बल स्थापना गरेका थिए । जवाई खेल मैदानको कुनामा सामान्य कोर्ट बनाएर खेल सुरु गरेको क्बलले बुटवलकै पितृथानहुँदै पुनः जवइई मैदानमै कवर्ड निर्माणपछि २०७५ सालदेखि निरन्तर खेल गतिविधि सञ्चालन गर्दै आएको छ । अधिवेशनका अवसरमा बोल्दै बुटवल–१३ का वडाध्यक्ष नारायण पुनले स्वास्थ्यसँगै पर्यटन र आर्थिक बिकासमा समेत खेलकूदलाई जोडेर अघि बढाउनु पर्ने बताए । बुटवल उपमहानगरले खेल गतिविधि सञ्चालन तथा यसको बिकासका लागि काम गरिरहेको बताउँदै उनले सीमित श्रोत र साधनका बावजुद पनि खेलाडीलाई प्रोत्साहन हुने काम गरिरहेको उल्लेख गरे ।

क्लबका पूर्व अध्यक्ष शेर बहादुर गुरुङ, युवा नेता राजु गुरुङ, रुपन्देही खेलकुद बिकास समितिका पूर्व अध्यक्ष योग गुरुङ, सल्लाहकार नेतन गुरुङ, ध्रुब बिक्रम शाह, केशर प्रताप जबरा लगायतले शुभकामना व्यक्त गरेका थिए । क्लबका सचिब बेनु थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा बन्द सत्रको संयोजन राजु गुरुङले गरेका थिए भने सदस्यहरु ध्रुब विक्रम शाह र सुन्दर तरामुले सहजीकरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

विश्वकप लिग-२ : नेपालले नेदरल्याण्ड्स र नामिबियासँग खेल्ने राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक युद्दबिराम लगत्तै गाजामा इजरायली हमला, अहिलेसम्म २१ काे मृत्यु जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेसन बैशाखमा शिवम् होल्डिङ्सले आईपिओ निष्कासन गर्ने जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ हमास र इजरायलबीच युद्ध सुरु, युद्धविराम सम्झौता समाप्त जनप्रतिनिधिहरुको विवादका कारण गाउँसभा भएन मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी आयल निगममा ३१ पदका लागि नयाँ कर्मचारीको माग सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन