१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । आरएनसी स्टाइल्सको आयोजनामा सम्पन्न पाँचौ संस्करणको मिस्टर एण्ड मिस पश्चिमाञ्चलको ताज कृतार्थ श्रीवास्तव र स्नेहा श्रैष्ठले उचालेका छन् । तिलोत्तमाको रेडिसन होटलमा सम्पन्न प्रतियोगिताको ग्राण्ड फिनालेमा ४०/४० प्रतिस्पर्धीलाई पछि पार्दै उनीहरुले नगद २५/२५ हजार नगद पुरस्कारसहित विभिन्न गिफ्ट ह्याम्पर तथा फेलोसिप प्राप्त गर्न सफल भएका छन् ।

Advertisement

टाईटल स्पोन्सर पथवे बुटवल, स्टडी एब्रोड रहेको प्रतियोगितामा मिस्टर पश्चिमाञ्चलफर्त भ्युअर च्वाइस बन्न सफल दिपेश लामाले फस्ट रनअपको समेत उपाधि चुम्न सफल भए । यसैगरी मिस पश्चिमाञ्चलतर्फ भ्यूअर च्वाइसमा स्माईरा भुसाल बन्दा शलु परियार फस्ट रनरअफ बन्न सफल भइन् । यसैगरी मिस्टर पश्चिमाञ्चलको सेकेन्ड एण्ड थर्ड रनरअप क्रमशः जसन गहतराज र सुजल बस्याल बन्न सफल भए भने मिसतर्फ एलिना चौधरी र सानिया चालिसे क्रमशः सेकेन्ड एण्ड थर्ड रनरअफ बन्न सफल भए ।

मिस नेपाल इन्टरनेश्नल २०१९ की वजेता मिरा कक्षपति, मिस्टर नेपाल २०२२ का नुतन श्रेष्ठसँगै डिजाइनर अमित बराल रहेको फिनालेमा फ्रान्सिस बस्याल र जसन गहतराज अर्गनाइज च्वाईस बन्न सफल भएको आरएनसी स्टाइल्सका निर्देशक सुजित कस्यालले जानकारी दिए । असार १६ गतेदेखि अडिसन राउण्ड सुरु भई १०/१० जना फाइनालिस्ट छनोट गरी बुटवलको आरम्भ रिसोर्टमा क्लोज क्याम्प सम्पन्न गरिएको प्रतियोगिताको ग्राण्ड फिनाले तिलोत्तमामा सम्पन्न गरिएको आयोजक कम्पनीका सिईयो रेशन न्यौपानेले जानकारी दिए ।

अडिसन राउण्डसँगै २५ दिनको ट्रेनिङ, पछि क्लोज क्याम्प लगायतका चरणहरु पार गर्दै उनीहरुलाई नेतृत्व तथा क्षमता विकास सम्बन्धि उत्पेरणामुलक ज्ञान र सीप प्रदान गरिएको उनले जानकारी दिए । सन २०१६ देखि हरेक दुई÷दुई वर्षमा हुँदै आएको प्रतियोगिता अन्तरगत यस पटकका विभिन्न उपाधि विजेताहरुले कम्पनीसँग आबद्ध रहेर एक वर्षका लागि विभिन्न फेलोसि प्राप्त गर्ने उनले बताइन् । यसैगरी नेपाल टुरको समयमा विभिन्न ठाउँबाट फ्रि टिकट, लजिङ, फुडिङ लगायतका सुविधाहरुका लागि विभिन्न स्पोन्सर कम्पनीहरुले उपलब्ध गराउने उनले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध