ताजा अपडेट »

बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको घट्यो

मंगलबार, १६ साउन २०८०, १५ : ०३
14 Shares

काठमाडौँ । भारतबाट पेट्रोल डिजेल र मटिट्तलेको मूल्य बढेर आएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसुचीअनुसार डिजेल पेट्रोल र मटितेलको मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोलममा साढे ८ रुपैयाँ, डिजेलमा सात र मटिटतेलमा साढे सात रुपैयाँ बढेर आएको छ । त्यस्तै हवाइयन्धनमा साढे आठ बढेको छ । एलपीजीमा भने १०० रुपैयाँ घटेर आएको छ सोही अनुसार निगमले एलपीजीको मूल्य घटाउने तयारी गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।