ताजा अपडेट »

पाल्पाको पूर्वखोलामा आले परिवारले पूर्वजहरुको स्मृति र हरियाली प्रवर्द्धनका लागि गरे वृक्षराेपण

सोमबार, १५ साउन २०८०, १४ : ४७
6 Shares

बुटवल । पूर्वखोला गाउँपालिका २, जल्पा,ढोलीमाराको चुलीडाँडा पर्यटकीय क्षेत्रमा ढोलीमाराका आले परिवारले आफ्ना पूर्वजहरुको स्मृति र हरियाली प्रवर्द्धनका लागि गुलमोहर, ज्याकाराण्डा लगायतका फूलफुल्ने बेर्नाहरु रोपेका छन् ।

उक्त वृक्षरोपण कार्यक्रममा स्थानीय शयारी युवा क्लव,ढोलीमारा कवुलियती वन उपभोक्ता समूह तथा आले परिवारको सार्थक सहभागिता रहेको थियो ।आईतवार र सोमवार गरि स्थानीयहरुको सहयोगमा ७३ वटा विभिन्न प्रजातिका वेर्नाहरु रोपण गरिएको स्थानीय सामाजिक अभियन्ता माया रानाले बताईन् ।

वृक्षराेपण कार्यक्रमको उद्घाटन र समापन पूर्वखोला गाउँ कार्यपालिका सदस्य भिमिसरा आलेले गरेकी थिईन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।