ताजा अपडेट »

सुनको मूल्य घट्याे

सोमबार, १५ साउन २०८०, ११ : ३९
14 Shares
सोमबार, १५ साउन २०८०
14 Shares

काठमाडौ। नेपाली बजारमा सोमबार सुनको भाउ ओरालो लागेको छ। साेमबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको छ। 

आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो। 

साेमबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँ कायम भएको छ। आइतबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४५५ रुपैयाँमा किनबेच भएको थियो। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।