ताजा अपडेट »

बैंकिङ कसुरमा एमाले नेता विजयबहादुर यादव पक्राउ

सोमबार, ०१ साउन २०८०, ११ : ५५
32 Shares

काठमाडौं । बैंकिङ कसुरको आरोपमा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री विजयबहादुर यादव पक्राउ परेका छन् । उनलाई बाँके प्रहरीले पक्राउ गरेको हो । 

बाउन्स चेक दिएको आरोपमा लुम्बिनी प्रदेशको पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्रीसमेत रहेका यादव पक्राउ परेका हुन् । गत १० माघमा रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवलाई दिएको १२ लाख २८ हजार रुपैयाँको चेक बाउन्स भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । 

२०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी जसपाबाट बाँकेको क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भएका थिए ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।