ताजा अपडेट »

लाईभस्टक सेक्टर ईनोभेषन आयोजनाको बुटवल इकाईबाट कृषकले पाए ४२ करोड बढी अनुदान

सोमबार, २५ असार २०८०, १७ : ५१
56 Shares

बुटवल । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना, विकेन्द्रकृत सहयोग इकाई बुटवलद्वारा अन्तरक्रिया कार्यक्रम गरेको छ । बुटवलमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल लाईभस्टक सेक्टर ईनोभेषन आयोजना कार्यान्वयका प्रमुख उमेश दाहालले आयोजनाले नमुना कामको सुरुवात गरेको बताए ।

किसानले समुहलियत दरमा कृषि कर्जा प्राप्त गरेको जानकारी दिदै उनले उप आयोजानको ५० प्रतिशतमा कामको आधारमा आयोजनाले अनुदान उपलब्ध गराएको र अन्य ३० प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी गरेको र २० प्रतिशत किसान, समुह सहकारीको लगानी भएको बताउँदै उनले अन्य आयोजान भन्दा यो आयोजना अनुदानको साथै अन्य पुर्वाधार निर्माणमा पनि नमुना काम गरेको बताए । विकेन्द्रीकृत सहयोग एकाई बुटवलका आयोजना संमन्वय प्रमुख बरिष्ठ पशु चिकित्सक डा. गान्धीराज उपाध्यायका अनुसार ५ वर्षको आयोजानमा बुटवल कार्यालय अन्र्तगतका ७ वटा जिल्लामा आयोजना लागू भएको थियो ।

समुह सहकारीका कुल ४७ वटा उप आयोजनालाई बुटवल कार्यालयले कुल २६ करोड ९८ लाख १० हजार ८ सय ७१ रुपैयाँ किसानलाई प्रदान गरेको छ भने निजी फार्म तर्फ हालसम्म १५ करोड ४२ लाख ६६ हजार ४ सय ९३ रुपैयाँ अनुदान प्रदान गरेको छ । जसमा अझै ७ वटा उप आयोजनाको आगामी साउन महिनाको पहिलो साता अनुदान रकम प्रदान हुँदै छ ।

पहिलो चरणमा समुह सहकारी मार्फत काम गरेको आयोजनाले दोस्रो चरणमा निजी फार्महरुको लागि अनुदान प्रदान गर्ने कार्यक्रम ल्याएको थियो । आयोजना संमन्वय प्रमुख डा. उपाध्यायका अनुसार पहिलो चरणमा समुह सहकारी मार्फत कुल ५० वटा समझौता गर्न आएकोमा ४७ वटा आयोजना मात्रै ले पूरा काम गरी भुक्तानी लगेर उप आयोजना सम्पन्न भैसकेका छन् । यस्तै दोस्रो चरणमा निजी फार्महरु कुल ११७ वटा छनौट भएकोमा ७९ वटा उपआयोजनाहरुले पहिलो किस्ता बापतको रकम लगिसकेका छन् । दोस्रो किस्ताको करम लैजाने उप आयोजनाहरु ७० वटा दोस्रो किस्ता र ६९ वटा उप आयोजनाले तेस्रो किस्ता बापतको रकम समेत लगिसकेका छन् ।

सहयोग एकाई बुटवलका अनुगमन तथा मुल्यांक अधिकृत डा. शिवलाल भुषालका अनुसार समुह सहकारीमा ३२ वटा दुध र दुग्धजन्य पदार्थका, १५ वटा मासु तथा मसुजन्यका उप आयोजानहरुले काम गरेका थिए । भने नीजी फार्म तर्फ दुग्ध पदार्थ उत्पादन तथा प्रसोधन तर्फ ५४ वटा, मासुजन्य पदार्थको उत्पादन र प्रसोधनमा २५ वटा ले काम गरेका थिए ।

सहयोग एकाई बुटवलका योजना अधिकृत डा. अरुण खनालका अनुसार समुह, सहकारी, निजी फार्मको अलवा विकेन्द्रकृत सहयोग एकाई बुटवलले सियारी गाउँपालिमा नमुना पशु हाट बजार स्थापना गरेको छ भने अर्घाखाँचीको सितगंगामा खसी बोका संकलन केन्द्र निर्माण पूरा गरी सञ्चालनमा आईसकेको छ । यस्तै सेमलारमा साना किसान कृषि सहकारी संस्था मार्पmत साईलेज उत्पादन गरी विक्रि वितरणका काम समेत भएका छन् । पशु आहारा सम्बन्धी प्रसोधन केन्द्र निर्माण, पशु स्वाथ्य केन्द्रमा एक्सरे र युएसजी (भिडियो एक्सरे) मेसीन समेत प्रदान गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।